कांग्रेसले नै विकासको मुहान खोल्छ :रामचन्द्र नेता पौडेल



बुटवल, ९ असार । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहका लागि कांग्रेसले नै विकासको मुहान खोल्ने बताउनुभएको छ ।

स्थानीय तहको निर्वाचनका प्रचार प्रसारका क्रममा  बुटवल उपमहानगरपालिका–१३ बेलबासमा नेपाली कांग्रेसले आयोजना गरेको क्रियाशील भेलालाई सम्बोधन गर्दै कांग्रेस वरिष्ठ नेता पौडेलले देशको पूर्वाधार निर्माण, आर्थिक, सामाजिक, शैक्षिक सबै क्षेत्रको विकास काँग्रेसले नै गरेको दाबी गर्नुभयो ।

उहाँले राजनीतिक अधिकारका लागि देशमा भएका सबै आन्दोलनको नेतृत्व गरी परिणाममा पु(याएको र तिनलाई संस्थागत गर्न संविधान निर्माण गर्ने कामसमेत नेपाली कांग्रेसले पटकपटक सम्पन्न गरेको धारणा राख्नुभएको थियो ।

पार्टीका वडा सभापति पुरुषोत्तम बस्यालको सभापतित्वमा भएको कार्यक्रममा पार्टी रुपन्देहीका सभापति तथा सांसद अब्दुल रज्जाकले कांग्रेसले विकास निर्माणमा गरेको कार्य बारे प्रकाश पार्नु भएको थियो ।

नेता पौडेलले बिहीबार नै रुपन्देहीका तिलोत्तमा नगरपालिकाको मणिग्राममा र सैनामैना नगरपालिकाको मुर्गियामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्