एकता प्रक्रियाबाट पछि नहट्ने ओली, प्रचण्डको भनाइ, संयुक्त कार्यक्रम जारी



सैघाली खबर
काठमाडौं,९ बैशाख

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट विरुद्ध भ्रम छर्ने काम भइरहेको बताउनुभएको छ । चुनाबबाट जनताले कम्युनिष्ट पार्टीलाई अपनाउन खोज्दा पनि तिरस्कार गराउने षड्यन्त्र भइरहेको उहाँले बताउनुभयो । कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा एमाले र माओवादीले संयुक्त रुपमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले विगतमा पनि कम्युनिष्टहरु मिल्न खोज्दा अनेक गरेर छिन्नभिन्न पार्ने काम गरेको आरोप लगाउदै माओवादी एमाले एकतालाई अब कसैले रोक्न नसक्ने बताउनुभयो ।

आफूहरु मिल्न नसके जनताको चाहना पूरा नहुने र अरुले फाईदा लिने भएकाले अब कुनै हालतमा छुटिट्ने कुरा गर्न नसकिने उहाँको भनाइ थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकताबाट दायाँबायाँ गर्ने छुट नभएको बताउनुभएको छ ।

प्रचण्डले आफूहरु पार्टी एकता घोषणा नजिक रहेको बताउनुभयो । बिभिन्न कारणबस पार्टी एकतामा केही ढिलाइ भए पनि कुनै हालतमा पार्टी एकता हुने कुरालाई सुनिश्चित गर्नका लागि पनि आज संयुक्त कार्यक्रम गरेको प्रचण्डको भनाइ थियो । पार्टी एकता प्रक्रियामा केही नबिग्रिएको भन्दै उहाँले नतोकिएको दिन पार्टी एकता हुने बताउनुभयो ।

संगठन, नीति लगायतका विषयमा निष्कर्षतिर पुगेको र हिजो मात्र केपी ओली र आफूले संगठनात्मक एकताको मोडालिटीबारे सहमति जुटाएको बताउनुभयो । उहाँका अनुसार सम्मानजनक एकता, समानताको सिद्धान्त र न्यायोचित एकता, संगठनात्मक एकता गरि एकताका तीन आधार तयार गरिएको छ । काठमाण्डौको राष्ट्रियसभागृहमा कार्यक्रम जारी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्