सार्कमा देखिएको असमझदारी हटाउन पहल भइरहेको प्रधानमन्त्रीको भनाइ



सैघाली खबर
काठमाडौं,९ बैशाख

प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा देखिएको असमझदारी हटाउन पहल भइरहेको बताउनुभएको छ । अहिले सार्कको अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले सार्कमा देखिएको असमझदारी हटाउन आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री साहिद खकान अब्बासीसँग आग्रह गरेको पनि स्पष्ट पार्नुभयो ।

आज काठमाडौंमा ‘रिजनल कन्फरेन्स अफ सार्क इफेक्भिनेस’ नामक पुस्तकको विमोचन गर्दै उहाँले भारत र पाकिस्तानकै कारण सार्क क्षेत्रमा देखिएको असमझदारी हटाउन अध्यक्ष राष्ट्रको हैसियतमा नेपालले वार्तालाई जोड दिएको धारणा राख्नुभयो । प्रधानमन्त्री ओलीले राष्ट्रहरुबीचको असमझदारीका कारण दुई देशीय, क्षेत्रीय वा अन्तराष्ट्रिय संगठनको औचित्यमाथि प्रश्न उठाउन उपयुक्त नहुने तर्क पनि गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल भ्रमणमा आएका पाकिस्तानी प्रधानमन्त्री अब्बासी र भारत भ्रमणमा जाँदा भारतीय प्रधानमन्त्री मोदीसँग सार्क भित्रका असमझदारी हटाउन आग्रह गरेको पनि जानकारी गराउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्