‘ह्याप्पी डेज’को रथ यात्रा निकाल्ने तयारी



सैघाली खबर
काठमाडौं,९ बैशाख
वैशाख १४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘ह्याप्पी डेज’को निर्माण यूनिटले प्रचारलाई अन्तिम समयमा आक्रामक बनाउने भएको छ । मिलन चाम्सको निर्देशनमा तयार भएको यो चलचित्रको प्रचारका लागि रथ यात्रा गर्न लागिएको छ ।

सोमबार बिहान ललितपुरको जावालाखेलबाट रथ यात्रा गर्न लागिएको हो । बिहान साढे १० बजेबाट सुरु हुने रथ यात्रा भृकुटीमण्डपमा गएर टुंगिनेछ ।
रथ यात्रामा चलचित्रका कलाकार र निर्देशक हुनेछन् । अहिलेसम्म नायिका प्रियंका कार्की र निर्देशक मिलन चाम्स रथ यात्रामा सहभागी हुने पक्का भएको छ । नायक दयाहाङ राई, संजय गुप्ताको समेत अभिनय रहेको यो चलचित्रलाई बेलायतमा खिचिएको हो । बारम्बार प्रदर्शन मिति सरेको यो चलचित्रलाई लिएर मिलन पनि उत्साहित छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्