कोठीवाट नाबालक सहित तीन महिलाको उद्धार



सैघाली खबर
बाँके , ९ वैशाख । भारतको दिल्लीस्थित जीबी रोडको कोठीबाट एक वर्षीया नाबालिकासहित तीन नेपाली महिलाको उद्दार गरिएको छ । उद्दार गरिएका मध्ये एक महिला नुवाकोट र एक वर्षीया छोरीसहित उद्दार गरिएकी महिला पर्साकी हुन ।

 

माईती नेपाल नेपालगन्जले भारतीय सुरक्षा अधिकारीहरुको पहलमा दिल्ली जीबी रोडको कोठी नम्बर ६४ मा छापा मारेर उद्दार गरेको जनाएको छ ।

उद्दारमा संलग्न माईती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले आईतबार पत्रकार सम्मेलन गरी घटना बारे जानकारी गराएका छन् । उनका अनुसार छापा मार्ने क्रममै कोठी सञ्चालकले सात नेपाली महिलालाई भगाउन सफल भएका छन् । ‘हाम्रो सूचना अनुसार उक्त कोठीमा १० नेपाली महिला थिए । तर छापा मार्दा कोठी सञ्चालकले भगाई सकेको पाइयो,’ उनले भने ।

कोठी नम्बर ६४ मा पहिलो पटक प्रहरीले छापा मारेको कोइरलालले बताए । उक्त कोठीमा अधिकांश नेपाली महिला हुने गरेपनि पहुँचवालाले सञ्चालन गरेकाले प्रहरीले छापा मार्न सकेको थिएन ।

उद्धार गरिएका नेपाली महिलालाई भारतमै राखिएको छ । जाहेरी दर्तापछि उनीहरुलाई नेपाल ल्याउने माइती नेपालले जनाएको छ । केही दिनअघि माईती नेपालले भारतीय कोठीबाट सात नेपाली महिलाको उद्धार गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्