माओवादी (केन्द्र)को पुनर्गठन गरे किराँतीले, यस्तो छ नेताहरुको जिम्मेवारी



काठमाडौं । माओवादी केन्द एमालेसित पार्टी एकतामा जानेभएपछि माओवादी केन्दको पुनर्गठनमा लागेका गोपाल किराँती पार्टी निर्माणको दिशामा अगाडी बढेका छन । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिको पहिलो औपचारिक बैठक बसेर कार्यविभाजन गरेका छन। उनको पार्टीले आइतबार बैसाख १० अर्थात कम्युनिस्ट स्थापना दिवसकै दिन बसेको पहिलो पूर्ण बैठकले प्रथम राष्ट्रिय भेलाको प्रतिवेदन छलफलको लागि प्रस्ताव गर्यो ।

पार्टीका संयोजक गोपाल किरातीले बैठकमा प्रचण्डको नेतृत्वमा पार्टीको ठूलो हिस्सा एमालेमा विलय हुन गएको बताउँदै जनयुद्ध र पहिचानका बाँकी कार्यभार पूरा गर्ने जिम्मा आफूहरुको जिम्मामा आएको बताए । उनले नयाँ ढंगको पार्टी निर्माण गर्ने बताएका छन । नयाँ र क्रान्तिकारी पार्टी बनाएर विप्लव नेतृत्वको नेकपासित एकता गर्ने आँकलनपनि राजनीतक वृतमा चलिरहेको छ ।

बैठकले नेताहरुलाई साताओटै प्रदेशमा संयोजकको जिम्मेवारीपनि दिएको छ । जस अनुसार प्रदेश न १ मा विमल निरौला, प्रदेश न २ र ३ मा नजिबुल्लाह अन्सारी, प्रदेश न ४ मा मोहन गुरुङ, प्रदेश न ५, ६ र ७ को संयोजक आलोक रायमाझीलाई तोकेको छ ।

१४८ औं लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा एमाले र माओवादी कन्द्रबीच राष्ट्रिय सभागृहमा लफडा भइरहेको बेला किरातीले कोटेश्‍वरको एक पार्टी प्यालेसमा नयाँ योजना बनाउँदै थिए । ४१ सालदेखी किरात वर्कस पार्टी बनाएर जातीय राजनीति गरेका किराँती ६० सालमा मात्र मओवादी जनयुद्धमा लागेका हुन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्