असहाय र टुहुुराको कोटामा कांग्रेस नेताको हालिमुहाली



काठमाडौं । टुहुरा, असहाय अभिभावकविहिन बालबालिकाको अभिभावकत्व लिइरहेको नेपाल बालसंगठनले यस्ता बच्चाहरुको छात्रवृत्ति कोटामा चरम दुरुपयोग हुने गरेको तथ्य बाहिर ल्याएको छ ।
पहुँचका आधारमा उक्त कोटा दुरुपयोग गर्दै कांग्रेस नेता एवं काठमाडौं क्षेत्र नं १० बाट प्रदेशसभामा निर्वाचित सांसद् पुष्कर महर्जनले आफ्नी छोरीलाई निःशुल्क पढाइरहेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

बाल संगठनको मुख्य कार्यालय रहेको नक्सालको १४ रोपनीभन्दा धेरै जग्गा भाडामा लिएबापत वृहस्पति शिक्षा सदनले संगठनका २० विद्यार्थी निःशुल्क पढाइदिने सम्झौतामा हस्ताक्षर गरेको छ । संगठनले ०५८ जेठमा ३० वर्षकालागि वार्षिक ३० लाखमा विद्यालयलाई जग्गा भाडामा दिएको थियो ।

संगठन र विद्यालयबीच भएको सम्झौताको १२.५ नम्बर बुँदामा जग्गा भाडामा दिएबापत संगठनको सिफारिसको आधारमा आर्थिक अवस्था कमजोर भएका, अनाथ, असहाय वा सुविधाबाट वञ्चित बालबालिकालाई डे बोर्डर्स छात्रवृत्ति प्रदान गर्ने उल्लेख छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्