१४ वर्षकी बालिकाको पेटमा आफ्नै बाबुको गर्भ!



सैघाली खबर,
सोलुखुम्बु १० बैशाख। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विभिन्न अपराधमा संलग्न अभियुक्तहरुलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। जिल्लामा भएका शृङ्खलाबद्ध चोरी, सार्वजनिक अपराध तथा जबरजस्ती करणी जस्ता जघन्य अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुलाई सार्वजनिक गरिएको हो।

प्रहरीले केही समययता सफल भएका अपरेशनहरूको बारेमा पत्रकारहरूलाई जानकारी गराएको हो। चार वर्षदेखि आफ्नै छोरीलाई करणी गर्ने पक्राउ आफ्नै छोरीलाई ११ बर्षको उमेर देखि डरधम्की देखाई जबरजस्ती करणी गर्दै आएका ५० बर्षिय बाबुलाई पनि प्रहरीले आइतबार समाएको छ।

गत चैत २९ गते विहान १० बजे घरमा कोही नभएको मौका पारी खाना बनाउँदै गरेकी छोरीलाई डर धम्की दिएर जबरजस्ती करणी गरेको र पीडितले आमालाई बताएपछि आमाले प्रहरीलाई उजुरी गरेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। हाल १४ वर्षकी ती बालिकाको पेटमा गर्भ रहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्