नीजि विद्यालयको मनपरी शुल्क



सैघाली खबर

दाङ, १० बैशाख । जिल्लाका नीजि विद्यालयहरुले मनपरी शुल्क असुलेको अभिभावकहरुले गुनासो गरेका छन । तिर्दै आएको शुल्कमा कम्तिमा पनि ५० प्रतिशत वा त्यो भन्दा बढी शुल्क तिर्नु परेको अभिभावकहरुले बताएका हुन ।घोराही १५ मेनरोडकी पार्वती तामाङले आफ्नो छोराको भर्ना र मासिक शुल्क दोब्बर भएको गुनासो गर्नुभयो ।घोराहीको एक विद्यालयमा एलकेजीमा पढ्दै आएका विद्यालयमा युकेजीमा पुगे तर शुल्क भने आधाले बढेको छ उहाँले भन्नुभयो । त्यस्तै भर्ना शुल्क पनि ३ हजारबाट ५५ सय पु¥याएको वताउँनुभयो ।

‘भर्ना शुल्क र मासिक शुल्क दोव्वर भएको वताउँदै कमाई सबै बच्चाको पढाइ जान लाग्यो, अव के खाएर बाँच्ने उहाँले भन्नुभयो ।तामाङ मात्र होईन घोराही १७ पनौराकी सुसिला वलीले पनि उस्तै पिडा खेप्दै आउँनु भएको छ ।छोरा–छोरीले विद्यालय छोड्न नमानेपछि बाध्यताले त्यहि स्कुलमा भर्ना गरेको छु उहाँले भन्नुभयो ।दुइ कक्षामा पढ्ने छोरीको ९ सय माशिक शुल्क तिरेकी छु उहाँले भन्नुभयो ।

अनियमित रुपमा विद्यालयले शुल्क बृद्धि गरेको विषयमा जिज्ञासा राख्दा प्याव्सन दाङका अध्यक्ष यादव गिरीले आफुहरुले त्यसलाई नियन्त्रण गर्न सक्ने बताएउँनुभयो ।बजार भाउको आधारमा विद्यालयले पनि शुल्क निर्धारण गर्न पाउछन उहाँले भन्नुभयो ।बजारको मुल्यको आधारमा शुल्क निर्धारण हुनुपर्ने उहाँको भनाई छ।नीजि विद्यालयको सेवा शुल्कको विषयमा आफुहरुले केही गर्न नसक्ने उहाँले वताउँनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्