कर्णालीको नीति तथा कार्यक्रमः सुरूङमार्गदेखि श्रम स्कुलसम्म



१० वैशाख, काठमाडाैं । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सोमबार प्रदेशसभामा प्रस्तुत भएको छ । प्रदेश प्रमुख दुर्गाकेशर खनालले सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार, पर्यटन र जलविद्युतको विकास गरी कर्णाली प्रदेशलाई मुलुककै समृद्ध प्रदेश निर्माण गर्ने संकल्प लिइएको छ ।

मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले शनिबार सम्पन्न कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको नीति तथा कार्यक्रम आइतबार प्रदेश प्रमुख दुर्गाकेशर खनालसमक्ष पेश गरेपछि सोमबार प्रदेश प्रमुख खनालले प्रदेशसभामा प्रस्तुत गरेका हुन् ।

प्रस्तुत नीति तथा कार्यक्रममा प्रदेशमा पेट्रोलियम पदार्थको उत्खनन् गर्ने, उज्यालो कर्णाली अभियानलार्इ अगाडि बढाउने,सीप तथा श्रम स्कुल खोल्ने उल्लेख गरिएको छ ।

यस्तै बर्दिया-सुर्खेत सुरुङ मार्ग निर्माण गर्न पूर्व सम्भाव्यता अध्ययनका लागि संघीय सरकारसँग अनुरोध गर्ने, प्रत्येक स्थानीय तहमा जनघनत्व हेरी कम्तिमा १५ शैय्याको अस्पताल स्थापनाको प्रक्रिया अगाडि बढाउने । एक वर्षमा प्रदेशलाई सडक बालबलिकामुक्त प्रदेश बनाउने गरी अभियान संचालन गर्ने, हाई अल्टिच्युड एकेडेमी सम्बन्धी अध्ययन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रदेश र संघ एवं प्रदेश र स्थानीय साझेदारीमा सम्पन्न गर्न सकिने तथा प्रदेश स्वयमले सञ्चालन गर्ने सम्भावित आयोजनाहरुको सूची परियोजना बैंक तयार गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्तै प्रदेश समृद्धिका लागि ‘स्वच्छ वातावरणका लागि हरियाली’, ‘कर्णाली समृद्धिको आधार, पर्यटनको विकास र पूर्वाधार’, ‘जनताको धन, जडीवुटी वन्यजन्तु र वन’, ‘समृद्धिका लागि हरित वन’, ‘समृद्ध कर्णालीका लागि सहकारी अभियान’, ‘शुसासित सहकारी उत्पादनमा लगानी’ लगायतका नारा तयार गरिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्