मुख्य समाचार

सगरमाथालाई प्रदूषित नबनाउन प्रधानमन्त्री ओलीको आग्रह

By थाहा अनलाइन

April 23, 2018

सैघाली खबर काठमाडौं,१० बैशाख

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथामा कुनै कारणले प्रदूषण गर्न नहुने बताउनुभएको छ । राजधानीमा आज भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सगरमाथालगायत नेपालका उच्च हिमशृंखलामा जलवायु परिवर्तनको असर देखापर्न थालेकामा चिन्ता व्यक्त गर्नुभएको हो ।

सगरमाथा सफा हुन महासागरको सफाइमासमेत ध्यान दिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले सगरमाथा क्षेत्रमा खाद्य पदार्थका खोल, प्लाष्टिकजन्य पदार्थ फालेर सगरमाथाको प्राकृतिक स्वरुपलाई कुरुप बनाउन नहुनेमा जोड दिनुभयो । उहाँले नेपालमा असंख्य हिमाल रहेको बताउँदै तिनको संरक्षणमा ध्यान दिनु आवश्यक रहेको बताउनुभयो ।