मुख्य समाचार

त्रिभुवन विश्वविद्यालयले दीक्षित विद्यार्थीलाई एकै ठाउँमा भेला गराउँदै

By थाहा अनलाइन

April 23, 2018

सैघाली खबर काठमाडौं,१० बैशाख

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय व्यवस्थापन विभागले दीक्षित भएका विद्यार्थीलाई आउँदो वैशाख १५ गते एकै ठाउँमा भेला गर्ने भएको छ । विभागले व्यवस्थापन संकायबाट दीक्षित विद्यार्थीलाई भेला गराएर देशको आर्थिक समृद्धिकाबारेमा छलफल चलाउन लागेको हो ।

दीक्षित विद्यार्थीलाई नेपालको आर्थिक विकासमा सहयोग पु¥याउन आग्रह पनि गरिनेछ । आज राजधानीमा केन्द्रीय व्यवस्थापन विभागले गरेको पत्रकार सम्मेलनमा प्रमुख डा. भोजराज अर्यालले दीक्षितलाई एकै ठाउँमा भेला गराइ मुलुकको व्यवस्थापकीय सुधार गर्न सहयोग पु¥याउने बताउनुभयो ।