मुख्य समाचार

शिक्षाको क्षेत्रमा राम्रोसँग काम गर्न नसकेको शिक्षामन्त्री पोखरेल द्धारा स्वीकार

By थाहा अनलाइन

April 23, 2018

सैघाली खबर काठमाडौं,१० बैशाख

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नेपाल सरकारले शिक्षाको क्षेत्रमा राम्रोसँग काम गर्न नसकेको स्वीकार गर्नुभएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री पोखरेलले नेपालको पठन–पाठन संस्कृतिलाई पनि विकसित प्रविधिसँग जोड्न आवश्यक रहेको बताउदै यस्तो स्विकार गर्नुभएको हो ।

उहाँले आफू सरकारमा रहँदा नै पुस्तक र पुस्तकालयसम्बन्धी नीति बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाली शिक्षा क्षेत्रका समस्या सम्बोधन गर्ने कुनै निकाय नभएकाले शिक्षासँग सम्बन्धित परिषद बनाउने योजना पनि उहाँले सुनाउनुभयो ।