प्रमुख आयुक्त र आयुक्तको सुरक्षामा गम्भीर हुन माग



सैघाली खबर
काठमाडौं,१० बैशाख

निर्वाचन आयोगले प्रमुख निर्वाचन आयुक्त डा आयोधिप्रसाद यादव र अरु आयुक्तको सुरक्षामा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका प्रमुखको निवासमा हिजो भएको बम बिस्फोटको घटनाबाट आयोग स्तब्ध भएको जनाउँदै प्रमुख आयुक्त तथा आयुक्तहरुको आवश्यक सुरक्षा व्यवस्था मिलाउन आयोगले माग गरेको हो ।

आयोगका प्रवक्ता नवराज ढकालले आज जारी गरेको बिज्ञप्तिमा प्रमुख आयुक्तको निवासमा घटेको घटनाको यथाशिघ्र छानबिन गरी दोषिलाई कडा भन्दा कडा कारवाही गर्न सरकारसँग माग गरिएको उल्लेख छ । हिजो बेलुकी करिब ८ बजे प्रमुख निर्वाचन आयुक्त यादवको धापाखेल, ललितपुर स्थित निजी निवासमा अज्ञात समूहले वम विस्फोटन गराउँदा घरको पर्खाल, झ्याल, ढोका लगायतमा क्षति पुगेको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्