मिति तोकियो, बैशाख २८ मै आउने भए मोदी



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको नयाँ मिति तय भएको छ । उनी यही बैशाख २८ गते नेपाल आउने पक्का भएको हो ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार भारतीय पक्षले मे ११ मै मोदी नेपाल आउने जानकारी दिएपछि मोदी बैशख २८ गते नै नेपाल आउने पक्का भएको हो ।

नेपालले मे २५ का लागि तयारी गरेको प्रधानमन्त्री निकट स्रोतको भनाई छ । तर भारतले त्यसभन्दा अगाडीनै तयारी गरेपछि मोदीको नेपाल भ्रमण तय भएको हो । एकपक्षीय रुपमा तोकिएको मोदीको भ्रमणको नयाँ मितिलाई नेपालले पनि स्वीकार गरेको छ ।

यद्यपि भ्रमणको औपचारिक घोषणा हुन बाँकी छ । दुई दिने राजकीय भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदी जनकपुर पनि जाने कार्यक्रम छ ।

नेपालले ११ जेठमा मोदीलाई स्वागत गर्ने तयारी गरेको थियो । तर, भारतले नयाँ मिति प्रस्ताव गरेको छ, जसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकार गरेका छन् ।

मोदीको भ्रमणले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण भने पछाडि धकेलिएको छ ।

प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली हालै मात्र बेङजिङ पुगेर आएका थिए । तर, उनी नेपाल नआइपुग्दै भारतले नयाँ मिति तोकेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्