आजको राशिफल



वि.सं. २०७५ साल वैशाख ११ गते। मंगलबार। इश्वी सन् २०१८ अप्रिल २४ तारिख। नेपाल संवत् ११३८ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– नवमी, १३:४४ बजेउप्रान्त दशमी।
                                                                                                              उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesपारिवारिक असमझदारीले काममा अप्ठ्यारो पर्न सक्छ। बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ। साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। अद्यावधिक ज्ञान अभावले पनि काममा पछि परिनेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। दिगो योजनामा अघि बढ्दा साँझदेखि लाभ मिल्नेछ। (नेपाली पात्रो)
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusनयाँ काममा हात हाल्ने समय छ। सानो प्रयत्नले पनि ठूलो काम बन्न सक्छ। कृषिकर्म र व्यावसायिक काममा मनग्गे लाभ हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त हुनाले कामको बाधा समाप्त हुनेछ। घर-गृहस्थी रमाइलो रहनेछ। विश्वास गरेका व्यक्तिबाट भने धोका हुन सक्छ। (नेपाली पात्रो)
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiबोलीको प्रभाव बढ्नुका साथै अभिव्यक्ति कलामा निखारता आउनेछ। चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम गर्ने समय छ। काममा सहयोगीहरूले उत्साह जगाउनेछन्। (नेपाली पात्रो)
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerमिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारका साथ विशेष अवसर प्राप्त हुन सक्छ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। तर अरूको भरपर्दा साँझतिर काम बिग्रन सक्छ। (नेपाली पात्रो)
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoबेसुरमा काम गर्ने बानीले अप्ठ्यारोमा परिनेछ। लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। छर–छिमेकमा केही असमझदारी देखिने हुँदा सावधान रहनुहोला। साँझतिर रमाइलो भेटघाटमा मन रमाउनेछ। तर खानपानको असावधानीले पेटको समस्या आउन सक्छ। (नेपाली पात्रो)
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoश्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। अरूको मुख ताक्नाले काममा पछि परिनेछ। लाभांश अरूका लागि खर्चनुपर्ने स्थिति आउन सक्छ। तापनि आयस्रोत बढ्नेछन्। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। साँझतिर खर्च बढे पनि प्रयत्न गर्दा अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ। (नेपाली पात्रो)
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraप्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। सामाजिक दायित्व बढ्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। साँझतिर भने सञ्चित रकम खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। (नेपाली पात्रो)
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioसहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन जित्न सकिनेछ। मिहिनेत गर्दा पदीय जिम्मेवारी प्राप्त हुन सक्छ। विगतका कमजोरीमा सुधार आउनेछ। लगनशीलताले लाभ दिलाउनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। साँझतिर नयाँ कामको प्रस्ताव आउनेछ भने शुभचिन्तकहरूले पनि साथ दिनेछन्। (नेपाली पात्रो)
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusपरिस्थितिवश चिताएको काम रोकिन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुपर्ला। अरूका लागि बुद्धि खर्चनुपरे पनि अध्ययनमा प्रगति हुनेछ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। साँझदेखि स्थितिमा सुधार आउनाले जिम्मेवारी हातलाग्न सक्छ। (नेपाली पात्रो)
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornपरिवेश उल्लासमय रहे पनि जीवनशैली अस्तव्यस्त रहनेछ। मनोरञ्जन तथा लोकाचारका लागि फजुल खर्च हुन सक्छ। प्रेममा सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला। समस्या पर्दा आफन्तको साथ जुट्नेछ। अप्ठ्यारो स्थितिलाई पनि सहज बनाउन सकिनेछ। साँझदेखि भने केही चुनौती सामना गर्नुपर्दा सोचेजस्तो उपलब्धि प्राप्त नहुन सक्छ। (नेपाली पात्रो)
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusपुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। साँझदेखि यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान पाइनेछ। गृहस्थी यात्रा रमाइलो रहनेछ। आफन्तहरूले उत्साह जगाउनेछन्। (नेपाली पात्रो)
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesआँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। दिगो फाइदा हुने काम सम्पादन हुनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। साँझतिर प्रतिस्पर्धीहरूलाई पन्छाउन पनि सफल भइनेछ। (नेपाली पात्रो)

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्