प्रदेश ३

नगरप्रमुखका आक्रमणकारी पक्रन आदेशदिने पोखरेल रक्षामन्त्री कि गृहमन्त्री ?

By थाहा अनलाइन

April 24, 2018

भक्तपुर/ शनिबार साँझ अज्ञात व्यक्तिहरुको आक्रमणमा परि घाइते भएका मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई भेट्न रक्षामन्त्री ईश्वर पोख्रेल नेपाल कोरिया मैत्री अस्पताल थिमि पुगेका छन् ।

सोमबार दिउँसो अस्पतालमा उपचार गराई रहेका नगरप्रमुख श्रेष्ठको स्वास्थ्य अवस्था बेझन पुगेका मन्त्री पोखरेलले ४८ घण्टा बितिसक्दा समेत आक्रमणकारी पक्राउ नपरेको भन्दै चासो व्यक्त गरे । मेडिकल वार्डमा उपचारत नगरप्रमुख श्रेष्ठ भेट्न पुगेका रक्षामन्त्री पोखरेललेसंगै रहेका मध्यपुर नगरका प्रमुख कार्यकारी अधिकृत कमल ज्ञवालीलाई भने ‘सिडियो सापको फोन नम्बर कति हो ?’

त्यसपछि ज्ञवालीले आफ्नै मोवाइलबाट भक्तपुरका प्रमखु जिल्ला अधिकारी (सिडियो) द्रोण पोखरेललाई फोन लगाए । ज्ञवालीले फोनमा आफ्नो परिचय सकेपछि रक्षा मन्त्रीले कुरा गर्न चाहेको भन्दै फोन दिए । त्यसपछि रक्षामन्त्रीले प्रमुख जिल्ला अधिकारीलाई भने ‘सिसिटिभीको दृश्यमै अपराधी चिन्न सकिने अवस्था छ तर किन समातिएन ?’

रक्षामन्त्रीले नगरप्रमुखमाथि आक्रमण हुदाँको दृश्य मोवाइलमा हेरेपछि सो प्रश्न भक्तपुरका प्रजिअलाई गरेका थिए । त्यसपछि भक्तपुरका प्रहरी प्रमुख किरण राणालाई समेत ज्ञवालीकै मोवाइलबाट कुरा गर्दै अपराधीलाई छिटोभन्दा छिटो पक्राउ गरेर कानुनी कारबाही गर्न रक्षामन्त्री पोखरेलले निर्देशन दिए ।

रक्षामन्त्रीको यो निर्देशनसँगै शान्तिसुरक्षाको सुरक्षाको जिम्मा रक्षामन्त्रीको कि गृहमन्त्रीको ? भन्ने प्रश्न खडा भएको छ । नेपालको संविधानमा सुरक्षाको जिम्मा रक्षामन्त्रीलाई होईन गृहमन्त्रीलाइ दिइएको छ । केही दिन अगाडी केपी शर्माओलीले गृहमन्त्रालय मातहतका कर्मचारीलाई आफैले चलाउन खोजेपछि विवाद चुलिएको थियो । मिर्मिरेसंचार