चारलेन सडक ‘आधा सकिदै, आधा उस्तै ’



 

निर्माणको काम पैसाले होइन, ठेकेदार रोकेको छ ?

काम भईरहेको वैशाख मसान्त सम्म काम सक्छौ ?

 गिरिराज नेपाली

दाङ , ११ वैशाख । घोराहीको कटुवा खोला–तुलसीपुर चोक सम्म निर्माण हुनलागेको १४ सय चारलेन सडक विस्तार चार वर्षपछि झण्डै आधाउधी काम सकिदै छ । तर आधाँ सडक अझै उस्तै अवस्था छ । २०७१ भदौ ११ गतेदेखी निर्माण शुरु गरेको कान्छाराम शंकरमालि जेभीले सडक विस्तारका लागि ३ पटक म्याद थप गर्दा समेत निर्माण सम्पन्न  गर्न सकेको छैन । २०७४ साउन देखी निर्माण शुरु गरेको लुम्वीनी जलजला निर्माण सेवाले  ३५० मिटर काम सम्पन्न अन्तिम चरणमा पुगेको छ । जसका कारण  स्थानीयहरु आधा सडकको कामले निकै हर्षित छन । आधा सडकको कामले अझै त्रसित बनेको छन ।

आधा काम सकिनै लाग्यो, आधा ३÷४ वर्षदेखी अल्झि राखेको छ, जसले धेरै दुख दिएको बताउदै भन्नुभयो – ‘ बोल्न पनि कति बोल्ने बोलेर बन्ने रैछन । ’ सडक निर्माणको काम समयमा सम्पन्न हुन नसक्दा दैनिकी कष्टकरका साथ गुज्रिरहेको उहाँको भनाई छ । आधा सडक धुलै उडे पनि छिट्टै सकिन्नै लाग्यो । आधा सडक कहिले बन्ने हो ? अझै कति सम्म धुलो खानुपर्ने हो  ?  सडकको धुलोले पसलका सामानहरु बिग्रिएका छन । विहान उठ्दा नाकभरी धुलो र खोक्दा खकारमा धुलो निस्किनी स्थानीयहरुको भनाई छ   ।  जसका कारण  स्वास्थ्य जोखिममा  पर्दै गईरहेको छ ।  ‘घाँटी र रुघाखोकीको औषधी नियमित खानुपर्ने वाध्यता छ । – स्थानीय बालिका पौडेलले बताउनुभयो ।

उहाँले त्यो वाध्यतालाई कसैले  पनि नदेखेको गुनासो गर्नुभयो ।    धुलो दिनैभरी उड्छ । तर पानी दुईतिनमा एक÷ दुई पटक  हाल्छन । त्यसले के काम गर्छ ?  कसरी बस्न सकिन्छ उहाँले प्रश्न गर्नुभयोे ।  पसल होस् वा घरमा ढोक बन्द गरीबस्नुपर्ने वाध्यता रहेको उहाँले बताउनुभयो ।

सडकको बढ्दो धुलोले माक्स प्रयोग गरी घर र पसलमा  बस्न सक्ने स्थिति नभएको स्थानीय भिमप्रसाद लम्सालले बताउनुभयो । उहाँले भन्नुभयो – ‘माक्सले काम गर्न छोड्यो । ’  सडकको बुर्रबुरे धुलो खादै औषधीले पचाउदै गर्नुपर्ने वाध्यता छ । ’तर सम्वन्धीत सरोकारवालाहरु त्यस बारेमा चाँसो नदिदा सडकका कारण स्वास्थ्य जटिल बन्दै गइरहेको  उहाँले बताउनुभयो । खाने खाना देखी सुत्ने  विस्तारा सम्ममा धुलाम्मे भएकाले सडकको पीडा र दुख थुप्रै रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘ सडकको पीडा  कति सुनाउने हो र ? सडक निर्माणमा भएको ढिलासुस्तीले स्थानीयहरु पीडित र त्रसित बन्दा सम्म पनि  सम्वन्धीत निकायाहरु मैन रहेकाले आफुहरुले दुख भोग्नु परेको  छ ।

काम नगर्ने  निर्माण कम्पनी र निर्माण व्यवसायीले काम निर्माणको जिम्म दिनु र  निर्माण कम्पनीले काम प्रति लापरवाही गर्नु नै स्थानीयहरुको स्वास्थ्य र सेवा प्रतिको खेलवाड रहेको उहाँको  भनाइ छ ।  सडक निर्माणको काम निर्माण कम्पनीको लापरवाहीले ढिलासुस्ती भईरहेको  सडक डिभिजन कार्यालयको  भनाई छ । निर्माणका पटक पटक म्याद थप र आवश्यक रकमको भुक्तानी दिईसक्दा समेत निर्माण कम्पनीले काम नगरेको सडक डिभिजन कार्यालय दाङका डिभिजन प्रमुख बद्रीप्रसाद शर्माले बताउनुभयो ।  उहाँले भन्नुभयो – ‘ सडकको काम पैसाले होइन ठेकेदारले रोकिएको छ । ’ जसका स्थानीयहरु धुलाम्मे सडक र धुलो शिकार हुनुपरेका उहाँले बताउनुभयो ।

११ करोड, ६४ लाख, १२ हजार, ६ सय ५३ रुपैया मध्ये  कम्पनीले ६ करोड, १५ लाख, ५८ हजार, ९ सय, ६८ रुपैया  भुक्तान दिइसकेको जानकारी दिनुभयो । तर अझै काम सम्पन्न हुन नसक्दा कार्यालय अलमलमा परेका उहाँले बताउनुभयो ।  कान्छाराम शंकरमालि जेभीले  पेटी ठेकेदार मार्फत काम गराईरहेकाले चार लेन सडक अपुरै अवस्थामा अल्झीरहेकाले  उहाँले बताउनुभयो ।

तर सम्झौता तोड्नका लागि  निर्माण कम्पनीलाई पत्राचार गरेकाले पेटी  ठेकेदार मार्फत नभई कम्पनी आफैले यही वैशाख १० गते सम्मका लागि निर्माण गर्ने प्रतिवद्धता जनाएकाले सम्झौता तोड्न नसकिएको उहाँले बताउनुभयो ।  उहाँले भन्नुभयो – ‘ अब दुईदिन भित्र काम शुरु नगरे सम्झौता तोड्ने प्रक्रियामा शुरु गर्न वाध्य हुने छौ । ’   अलपत्र अवस्थामा थन्किएको  चार लेन सडक विस्तारको काम  वैशाख मसान्त सम्मका सम्पन्न गर्ने गरी निर्माणको काम तिव्रताका साथ निर्माणको सञ्चालन  गरिने कान्छाराम शंकरमालि जेभीका पूर्ण तामाङले बताउनुभयो ।

निर्माणका लागि आवशइक पर्ने उपकरणहरु अबको केही दिनमै दाङ भित्र्याउने तयारी कम्पनीले गरीरहेकाले  वैशाख सम्म निर्माण सम्पन्न गरी सडक डिसभजनलाई हस्तान्तरण  गरिने उहाँले बताउनुभयो ।  कम्पनीका प्रतिनिधिले निर्माणको काममा लापरवाही गरेकाले अब कम्पनीले नै आफै काम गरी  निर्माण सम्पन्न  गर्ने उहाँले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्