वित्तीय पहुँचमा कर्णाली प्रदेश पछि



सैघाली खबर

सुर्खेत , ११ वैशाख । कर्णाली प्रदेश वित्तीय पहुुँचमा सबैभन्दा पछाडि देखिएको छ । अन्य प्रदेशको तुलनामा कर्णालीमा बैंक तथा वित्तीय संस्थाका शाखा न्यून हुँदा वित्तीय पहुँचमा पछि परेको हो । हालसम्म यो प्रदेशमा वाणिज्य बैंकका एक सय तीन वटा, विकास बैंकका आठ वटा र फाइनान्स कम्पनीका दुुई वटा शाखा विस्तार गरिएको छ । कर्णाली प्रदेशमा ११ वटा जिल्ला छन् । राष्ट्रिय जनगणना २०६८ अनुुसार यो प्रदेशमा १५ लाख ७० हजार जनसंख्या छ ।

वित्तीय पहुुँचको अग्रस्थानमा प्रदेश ३ छ । प्रदेश ३ मा नौ सय ४१ वाणिज्य बैंक, दुुई सय ५२ विकास बैंक र ७० वटा फाइनान्स कम्पनी सञ्चालनमा छन् । जनसंख्याको हिसाबले बढी जनघनत्व रहेको यो प्रदेशमा ५५ लाख २९ हजारभन्दा बढी जनसंख्या छ । प्रदेश ३ मा १३ वटा जिल्ला छन् । प्रदेश नम्बर ३ मा वाणिज्य बैंकका साथै विकास बैंक र फाइनान्स कम्पनीको उपस्थिति पनि राम्रो छ ।

वित्तीय पहुुँचको हिसाबले प्रदेश १ मध्यम स्थानमा छ । १४ वटा जिल्ला रहेको यो प्रदेशमा चार सय ६ वटा वाणिज्य बैंक, एक सय १३ वटा विकास बैंक र ४८ वटा फाइनान्स कम्पनी छन् । प्रदेश ५ मा तीन सय ९० वाणिज्य बैंक, दुुई सय ४२ विकास बैंक र २६ वटा ‘ग’ वर्गका फाइनान्स कम्पनी सञ्चालनमा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसैगरी प्रदेश ४ मा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीका शाखा क्रमशः तीन सय चार, दुुई सय ६ र २५ वटा छन् । प्रदेश ६ मा एक ६६ वाणिज्य बैंक, ४६ विकास बैंक र ३ वटामात्र फाइनान्स कम्पनी सञ्चालनमा छन् ।

यो प्रदेशमा वाणिज्य बैंकका एक सय तीन, विकास बैंकका आठ र फाइनान्स कम्पनीका दुुई वटा शाखा विस्तार गरिएको छ ।

सरकारले सबै नेपालीमा वित्तीय पहुुँच पुु¥याउने अभियान सुुरु गरे पनि आधाभन्दा बढी स्थानीय तहमा बैंक शाखा पुुग्न सकेको छैन । वाणिज्य बैंक पुुग्न नसकेका स्थानमा विकास बैंक र फाइनान्स कम्पनीको समेत उपस्थिति न्यून छ । सरकारले गएको आर्थिक वर्षको बजेटमार्फत सबै नेपालीको पहुुँचमा वित्तीय पहुुँच पुु¥याउने विशेष कार्यक्रम अघि सारे पनि अझै तीन सय ५९ स्थानमा वाणिज्य बैंक पुुग्न सकेका छैनन् ।

सरकारले सबै स्थानीय तहमा बैंक पुु¥याउने योजना अघि सारे पनि हालसम्म धेरै स्थानीय तहमा बैंक शाखा पुुग्न बाँकी रहेको तथ्यांक राष्ट्र बैंकको छ । हालसम्म पनि एक सय १६ स्थानमा बैंक पुुग्न नसक्ने बताइरहेका छन् । यस्ता स्थानमा समेत बैंक पुु¥याउन राष्ट्र बैंकले २८ वटै वाणिज्य बैंकलाई निर्देशन दिइसकेको छ ।

आगामी असार मसान्तभित्र सात सय ५३ स्थानीय तहमध्ये तीन सय ५९ वटै स्थानीय तहमा वाणिज्य बैंकमन शाखा स्थापना हुुने भएका छन् । राष्ट्र बैंकले वैैशाख मसान्तभित्र दुुई सय ४३ वटा स्थानीय तहमा शाखा विस्तार गर्न वाणिज्य बैंकलाई निर्देशन दिएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए । केन्द्रीय बैंकले वाणिज्य बैंकलाई स्थानीय तह नै तोकेर वैशाख र असारभित्र शाखा विस्तार नगरे कारबाही गर्ने पत्र समेत लेखेको छ । बाँकी स्थानमा भने वाणिज्य बैंकले आफ्ना शाखा विस्तार गरिसकेका छन्

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्