राउटेलाई युवाहरुको सहयोग



सैघाली खबर,
तुलसीपुर ११ बैशाख ।

तुलसीपुरका दुई युवाले राउटेहरुलाई कपडा सहयोग गरेका छन् । माओवादी केन्द्रको युवा संगठन वाईसिएलका केन्द्रीय सदस्य तथा तुलसीपुर उपमहानगर कार्यपालिका सदस्य अमर नेपाली‘माईकल’ र तुलसीपुर ६ निबासी युवाब्यबसायी यमराज केसीले दैलेखका राउटे महिलाहरुका लागि २० हजार बराबरका कपडा सहयोग गरेका हुन् ।

राउटेहरुलाई जीवन यापन गर्न सहज होस भनी राउटे उत्थान प्रतिष्ठान नेपाल मार्फत कपडा वितरण गरिएको हो । प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष यज्ञ बहादुर बुढालाई कपडा हस्तान्तरण गरिएको हो । बुढाले अबको केही दिनमा दैलेखको डुंगेश्वर गाउँपालिकामा बस्दै आएका राउटेहरुलाई त्यहाँ पुगेर कपडासहित संकलन भएको सहयोग हस्तान्तरण गर्ने बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्