बस र ट्रक ठोक्किँदा एक जनाको ज्यान गयो, २४ जना घाइते



सैघाली खबर,
चितवन ११ बैशाख। – मुग्लिन नारायणगढ सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका स्यालिबजारमा बस र ट्रक ठोक्किँदा एक जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इटहरीबाट काठमाडौंतर्फ जादै गरेको ना ६ ख १५२१ नम्बरको बस र काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ५ ख ७५२८ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

ठक्करपछि घाइते भएका मकवानपुर जिल्ला धियाल ९ घर भएका बसका सह चालक चन्द्रबहादुर तिमल्सीनाको उपचारको क्रममा मृत्यु भएको हो । घाइतेहरुको भरतपुर अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रभु ढकालले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्