शान्ति समाज दाङले लोकन्त्र दिवस मनायो



सुशील बस्नेत
दाङ,११ बैशाख।
लोकतन्त्रको संस्थागत विकास भई रहदा सम्बृद्धि तर्फ उन्मूख हुनुपर्ने तुलसीपुरमा आयोजीत कार्यक्रमका बक्ताहरुले बताएका छन् । लोकतन्त्र दिवसको अवसरपारि मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले अव सम्बृद्धि तर्फ उन्मुख हुनुपर्नेमा जोड दिएका हुन ।

२००७ सालदेखि २०६५ सम्म आईपुग्दा राजनीतिक अधिकारका लडाईका ईतिहास धेरै भई सकेको र अव राजनीतिक अधिकार संबिधान सभा र ३ वटा तहका निर्वाचनबाट सरकार गठन भई सकेको उनीहरुले बताएका छन् । अव दण्डहिनताको अन्त्य र सम्बृद्धिका लागि सबै एक ठाँउमा आउनुपर्नेमा सुझाब उनीहरुले दिएका छन् ।

शान्ति समाजका केन्द्रिय सचिब सुशील बस्नेतले राजा ज्ञानेन्द्रले प्रजातन्त्रलाई कुण्ठीत गरि राजतन्त्रलाई सक्रिय बनाउदा मानव अधिकार तथा शान्ति समाजको अगुवाईमा भएको नागरिक आन्दोलनले लोकतन्त्रको प्राप्त भएको स्मरण गराउनुभएको थियो । कार्यक्रममा नेकपा एमालेका नेता केशव सापकोटा,नेपाली काग्रेसका क्षेत्रिय सभापति जगतबहादुर खड्का र नेकपा माओबादी केन्द्रका नेता रामबहादुर दहितले लोकतन्त्र स्थापना भएको दिनलाई भुल्न नहुने बताउनुभयो । अव नागरिक समाज र अधिकारकर्मीहरुले नागरिक अधिकारका लागि अभियान चलाउनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष विरबहादुर रावत बिरु, जेष्ठ नागरिक दाङ कार्यबाहक अध्यक्ष खुमानन्द अधिकारी, रासस ५ नम्वर प्रदेश प्रमुख नारायणी रजौरे,पत्रकारहरु नारायण खड्का र बालाराम खड्काले लोकतन्त्र दिवसको सन्र्दभमा चर्चा गर्नुभएको थियो । शाखा सभापति सुरेश हमालको अध्यक्षतामा भएको कार्यक्रममा बिषय प्रबेश केन्द्रिय शिक्षा संयोजक निर्मल नेपाली,धन्यबाद ज्ञापन शाखा कोषाध्यक्ष निर्मला डाँगी र सहजिकरण सचिब शरद रेग्मीले गर्नुभएको थियो ।

२०६२÷२०६३ सालको ऐतिहासिक लोकतान्त्रिक आन्दोलन सफल भएको आज ९ वर्ष पूरा भएको छ । १९ दिने जनआन्दोलनले सफलता प्राप्त गरेको दिनको सम्झनामा बैशाख ११ गतेलाई लोकतन्त्र दिवस मनाउने गरिन्छ ।यसैका जगमा तत्कालीन नेकपा (माआवादी) र सरकारबीच विस्तृत शान्ति सम्झौता सम्पन्न गरी जारी गरिएको नेपालको अन्तरिम संविधान २०६३ र नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको घोषणा गरिएको थियो ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले जननिर्वा्चित प्रधानमन्त्रीलाई बर्खास्त गरी कार्यकारी अधिकार आफ्नो हातमा लिएपछि प्रतिनिधिसभा पुनःस्र्थापनाको मागसहित सडकमा ओर्लेका सात राजनीतिक दल र जनयुद्धमा रहेको माओवादीबीचको सहकार्यले जनआन्दोलन सफल भएको थियो ।
जनआन्दोलन उत्कर्षमा पुगेपछि तत्कालीन राजा ज्ञानेन्द्रले प्रतिनिधिसभा पुनःस्र्थापना गरी आफूले लिएको कार्यकारी अधिकार फिर्ता गरेको दिन वैशाख ११ को ऐतिहासिक महत्व छ ।
२५ जना नेपालीले जनआन्लोलन सफल पाने नआन्लोलन सफल पार्नेक्रममा जीवन बलिदान गरेका थिए भने थुप्रै घाइते भए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्