चौधरीको पहलमा मृगौला पीडितलाई सहयोग अभियान



सैघाली खबर,

तुलसीपुर ११ बैशाख ।

टन्न पैसा कमाएर छोराछोरीको भबिष्य उज्वल बनाउने अनी आफनो जीवन यापन सहज बनाउने सपना बोकेर खाडि मुलुक पुगेका तुलसीपुर १९ का श्रीराम चौधरी उल्टै दुबै मृगौला गुमाएर नेपाल फर्के । बिदेश जाँदा लागेको ऋण एकातर्फ थियो त, अर्को तर्फ जीवन–मरणको दोधारमा रहेका चौधरीको उपचारमा लाग्ने ऋणको भारी ।

चौधरीको घर अहिले आँसु र बेदनाले भरिएको छ । एक नागरिकको आँखाबाट आँसु झर्छ भने अर्को नागरिकको कर्तब्य आँसु पुछिदिने हो । उनीहरुको उपचारमा सहयोग होस भनी असहाय बाल बिकास नेपाल तुलसीपुर १८ बिजौरी दाङले सहयोग संकलन गरिरहेको छ ।

संस्थाका अध्यक्ष बिष्णु चौधरीको पहलमा सहयोग संकलन अभियान शुरु भएको हो । सहयोगका लागि लागि श्री असहाय बाल बिकास नेपाल दाङको राष्ट्रिय बाणिज्य बैंकमा रहेको खाता नंबर ४१६०००३६७९०१ मा आर्थिक सहयोग गर्न सकिने छ । साथै संस्थाका कोषाध्यक्ष सीमा वलीको फोन नंबर ९८०९५८८५७१ सकिने छ ।

त्यस्तै तुलसीपुर नगर बिकास समितिका अध्यक्ष यज्ञ बहादुर केसी (९८५७८२०४१९ ), बिजौरी उद्योग बाणिज्य संघका अध्यक्ष मुकेश वली ( ९८४७८४०२३६ ), दाङ फिमेना गु्रपका संयोजक संगीता ढकाल ( ९८५७८२२६०६),अखिल क्रान्तिकारी दाङका सहसंयोजक सुवास बस्नेत (९८४७८२७१९५), असहाय बाल बिकासका प्रेस सल्लाहकार दिपक बोहरा (९८५७८२४७९४)मा सम्पर्क गर्न सकिने छ । आर्थिक अभाबमा मृगौला पीडित श्रीराम चौधरीको उपचार अगाडि बढ्न नसकेको भन्दै सहयोग संकलन अभियान थालेको अध्यक्ष चौधरीले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्