बलात्कार गर्न खोज्नेलाई महिलाले लात्तिले हान्दा मृत्यु



सैघाली खबर,
दाङ, ११बैशाख । दाङमा बलात्कार गर्ने प्रयास गर्दा महिलाको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिकाकी ४० वर्षीया एक महिलाले बलात्काको प्रयास गर्ने स्थानीय ६४ वर्षीय रोबरबहादुर खत्रीलाई किक हान्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

महिलाले बलात्कारको प्रयास गरेपछि खत्रिको अन्डकोषमा लात्ताले हान्दा घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिए । अहिले ति महिला प्रहरी नियन्त्रणमा रहेकी छन् । घटना वैशाख ९ गते घटेको थियो ।

आफ्नो घरमा रहेको किराना पसलमा ९ गते १ बजेराति गुट्खा किन्ने भन्दै आएका खत्रिले महिलालाई उठाएका थिए । तर गुट्का किनेपछि फेरि खत्रीले आफूलाई पानी प्यास लागेको बताएपछि उनीहरु दुबै जना महिलाको कोठामा गए। उक्त घरमा ती महिलाका छोरा छोरी पनि सँगै बस्दै आएका छन्।

त्यही क्रममा खत्रीले ती महिलामाथि जबरजस्ती बलात्कारको प्रयास गरेका थिए। त्यसले आफूलाई पीडा भएपछि लात्ताले हान्दा सम्वेदनशील अंगमा लागेर खत्रीको घटनास्थलमै मृत्यु भएको महिलाले दिएको बयानमा उल्लेख गरिएको छ ।

उनले भनिन्, ‘मैले लात्ताले हिर्काउँदा सम्वेदनशील स्थानमा लाग्यो र त्यही लडे। उठाउन खोजेँ तर उठेनन्। त्यसपछि मैले शवलाई बिहान तन्ना ओढाइ दिएर छोरीको उपचार गर्न भन्दै बजार निस्केकी हुुँ, महिलाले भनिन् ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्