शिक्षा अधिकारीलाई विद्यार्थीले किन गरे त यस्तो



सैघाली खबर
बाँके बैशाख ११ । बाँकेको कोहलपुर नगरपालिकाको शिक्षा समितिको कार्यालयमा विद्यार्थी संगठनले तालाबन्दी नगर शिक्षा अधिकारीलाई कार्यालयभित्रै थुनेका छन् ।

स्वतन्त्र विद्यार्थी युनियन, अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, राष्ट्रवादी विद्यार्थी संघ र नयाँ शक्ति विद्यार्थी संघले मंगलबार नगर शिक्षा अधिकारी मनप्रसाद रेग्मी, श्रोत व्यक्ति जयप्रकाश शाह र कर्मचारी हेमराज रावतलाई कार्यालयभित्रै थुनेर तालाबन्दी गरेका हुन् ।

यसअघि ५ दिने अल्टिमेटम दिइएको तर नगरपालिकाले माग पूरा गराउनतर्फ चासो नदिएका कारण तालाबन्दी गरिएको स्ववियुका दिनेश केसीले जानकारी दिनुभयो । मावि तहसम्मको शिक्षा सम्पूर्ण रुपमा निशुल्क गर्नुपर्ने, निजी विद्यालयले लिइरहेको चर्को शुल्क, घटाउने , पुस्तक सिण्डीकेटको अन्त्य हुनुपर्ने, अनुमती बिनाका विद्यालय खारेज गर्नुपर्ने लगायतका मागसहित विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।

नगर शिक्षा अधिकारी रेग्मीले विद्यार्थीका माग पूरा गराउन नगर शिक्षा समितिको बैठक बस्ने तयारी भइरहदा आफूहरुलाई कोठाभित्र थुनेर तालाबन्दी गरिएको बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्