सुशासनमा देखिएका बेथितिलाई अन्त्य गर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता



सैघाली खबर
काठमाडौं,११ बैशाख

प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनमा देखिएका बेथितिलाई अन्त्य गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । मदन भण्डारी स्मृति बाटिकाको आज राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार देश बनाउने संकल्पमा दृढ रहेकाले भ्रष्टाचार हुन नदिई सुशासन र पारदर्शिता कायम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

बेथितिका अगाडि सरकार कुनै पनि हालतमा पछि नहट्ने भन्दै उहाँले बेथितिलाई थितिमा ल्याएर अघि बढ्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक समृद्धिका लागि कृषिको आधुनिकीकरण र उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्नेतर्फ सरकारको ध्यानकेन्द्रित भएको बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्