सैघाली खबर
काठमाडौं,११ बैशाख
तिन नम्बर प्रदेशका प्रमुख अनुराधा कोइरालाले आज पहिलो पटक प्रदेश सभालाई सम्वोधन गर्नुभएको छ । प्रदेश प्रमुखमा नियुक्त भएपनि कोइरालाले आज पहिलो पटक सम्वोधन गर्नुभएको हो । प्रदेश सभालाई सम्वोधन गर्दै उहाँले अब संक्रमणकाल अन्त्य भइ आर्थिक समृद्धिले गति लिने बताउनुभयो ।
विकासका लागि सरकारले एक जिल्ला एक उत्पादनलाई प्राथमिकता दिनुपर्ने काइरालाले बताउनुभयो । यस्तै भूकम्प पिडितलाई राहत वितरणमा सहज बनाइ जतिसक्दो चाडो व्यवस्थापन गर्नुपर्ने प्रदेश प्रमुख कोइरालाको भनाई छ । प्रदेश सभाका लागि भएको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक अधिवेशन प्रारम्भ भएपछि प्रदेश सभाको बैठकलाई सम्वोधन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।