प्रदेश दुईको बजेट १ अर्ब २ करोड



सैघाली खबर
जनकपुर  ,११ बैशाख

चालु आर्थिक वर्षको अन्तिम चार महिनाका लागि प्रदेश नम्बर २ सरकारले बजेट प्रस्तुत गरेको छ । आज बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले बजेट प्रस्तुत गर्नुभएको हो । १ अर्ब २ करोड ५ लाख बराबरको बजेट सदनमा प्रस्तुत गरिएको छ । कुल बजेटको चालु तर्फको बजेट ५६.६४ प्रतिशत अर्थात ५७ करोड ८० लाख प्रस्तुत गरिएको छ भने पूँजीगत तर्फको बजेट ४३.३६ प्रतिशत अर्थात ४४ करोड २४ लाख ६८ हजार प्रस्तुत गरिएको छ ।

प्रस्तुत बजेटमा कृषि क्षेत्रको विकासका लागि विभिन्न शिर्षकमा ९ करोड बराबरको रकम बिनियोजन गरिएको छ ।स्वस्थ प्रदेश स्वच्छ जनता कार्यक्रम अन्तर्गत मुख्यमन्त्री स्वच्छता अभियानका लागि १ करोड ५० लाख, विपद व्यवस्थापनका लागि २ करोड, राहत तथा पुनस्र्थापना कोष कार्यक्रम अन्तर्गत ५ करोड, जंगली जनावरको आक्रमणबाट हुने क्षतिको क्षतिपूर्ती शिर्षकमा ५० लाख रकम बिनियोजन गरिएको छ । त्यस्तै प्रदेश सरकारको “बेटी पढाउ बेटी बचाउँ”अभियानका लागि ८० लाख तथा दुई स्थानीय तहलाई जोड्ने सडक निर्माण, मर्मत तथा स्तरोन्नतिका लागि ४ करोड रकम बिनियोजन गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्