कोरियन भाषा परीक्षाको नतिजा साउन ११ मा, छुटेकाको परीक्षा असार २१ देखि २९ सम्म



युवाकाठमाडौं, असार ९ – गलत सूचनाका कारण कोरियन भाषा परीक्षा दिनबाट वञ्चितहरुका लागि असार २१ देखि २९ सम्म परीक्षा सञ्चालन गरिने भएको छ ।
गएको जेठ २७ गते २६ नम्बर केन्द्र अर्थात एसियन इन्टिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी खुमलटार केन्द्रमा झण्डै सात सय जना परीक्षा दिन वञ्चित भएका थिए । वञ्चित भएकाहरुको परीक्षा कम्प्युटर मार्फत लिइने भएको छ । कम्प्युटर मार्फत परीक्षा लिइने भएपछि परीक्षा लिन समय लाग्ने एचआरडी कोरिया इपिएस सेन्टर नेपालले जनाएको छ ।
परीक्षा दिन छुटेका र गएको जेठ २७ र २८ गते परीक्षा दिएकाहरुको नतिजा एकै पटक सार्वजनिक गरिने छ । परीक्षाफल साउन ११ गते सार्वजनिक गरिने सेन्टरले जनाएको छ । यसअघि असारको दोश्रो हप्ता नै परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्