ढुङ्गेल मुद्दा राजनीतिक सवाल हो ः गृहमन्त्री थापा



सैघाली खबर
काठमाण्डौ , ११ वैशाख । वर्तमान सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ यातायात व्यवसायीले गर्दै आएको यातायातमाथिको सिण्डिकेट हटाउने विषयले निकै चर्चामा छन् ।

विगतमा गृह मन्त्रालय अध्यागमन सेटिङ, सुन तस्करी र सार्वजनिक यातायातसहितका क्षेत्रमा सिन्डिकेट लगायतका थुप्रै विषयले बदनाम हुँदै गएको थियो। यस्तो अवस्थामा ६० दिन पहिले माओवादी प्रभावशाली नेता रामबहादुर थापा गृहमन्त्रीको रुपमा सिंहदरबार प्रवेश गरेपछि सुधारको प्रयत्न भएको देखिएको छ। सुन तस्करीविरुद्धको अपरेशन, सिन्डिकेटविरूद्धको अभियान र अध्यागमनमा नीतिगत सुधारको थालनी गरेका कारण चर्चामा छन् ।

गृहमन्त्री थापाले सिन्डिकेटको अन्त्य विकास र समृद्धिसँग जोडिएको विषय भएकाले यातायात क्षेत्रलागायतका अन्य क्षेत्रमा भएका सिन्डिकेट पनि तोड्नुपर्ने बताए । सिन्डिकेट अन्त्यको निर्णय कार्यान्वयन गर्न गृह मन्त्रालय दृढ रहेको र यातायात व्यवसायीले प्रतिरोध गर्ने भने पनि त्यो सफल नहुने थापाले बताए। उनले यातायात व्यवसायीलाई आन्दोलनको कुरा छाडेर प्रतिस्पर्धामा आउन पनि अनुरोध पनि गरेका छन् ।

त्यसैगरी गृहमन्त्री थापाले भ्रष्टचार, तस्करी, अपराधको नियन्त्रणमा गृह मन्त्रालय गम्भिर भएर लागेको बताउँदै जनताको तहबाट पनि साथ र सहयोगको आवश्यकता रहेको उल्लेख गरे । अपराध नियन्त्रणका लागि नेपाल र भारतबीचको सीमाना खल्ला भएकाले पनि समस्या परेकाले खुल्ला सीमाना बन्द गर्नुपर्ने धारणा पनि गृहमन्त्री थापाले राखेका छन् ।

गैरराजनीतिक अपराधका घटनाका दोषीहरुलाई नछोड्ने बताउँदै थापाले माओवादी जनयुद्धसँग जोडिएको बालकृष्ण ढुंगेलको विषयलाई गैर राजनीतिक मुद्दा बनाइनु गलत भएको भन्दै उनलाई उन्मुक्ति दिलाउन आफू लागिरहेको र कानुनी अबरोध हटाउन प्रक्रिया अगाडि बढेको पनि जानकारी दिएका छन् । ढुंगेलको मुद्दा राजनीतिक भएकाले यसलाई राजनीतिक रुपमै समाधान गरिनुपर्ने पनि थापाले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्