सैघाली खबर
काठमाण्डौ , ११ वैशाख । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधवकुमार नेपालले मदन भण्डारीको मृत्यु दुर्घटना नभएर हत्या भएको दावी गरेका छन् ।
मंगलबार राजधानीको सुविधानगरमा मदन भण्डारी स्मृति वाटिका र शालिक अनावरण कार्यक्रममा नेता नेपालले भण्डारीको हत्या भएको बताए पनि भण्डारीको हत्या कसले ग(यो भन्नेबारे भने केही खुलाएनन् ।
मदन भण्डारीको शालिक लक्ष्मण भुजेलले बनाएका हुन् । ३ रोपनी १३ आना क्षेत्रफलमा बाटिका फैलिएको संरक्षक अग्नी खरेलले बताए । वाटिका काठमाडौ महानगरपालिका र काठमाडौ नगर विसका प्राधिकरणको संयुक्त लगानीमा बनाइएको हो ।
भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटनामा रहस्यमय मृत्यु भएको थियो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली लगायतका एमाले नेताहरुले बोलेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।