दाङ, असार ९ । स्थानिय निकायको निर्वाचन माओवादीले जितेमात्र दाङ प्रादेशिक राजधानी बन्ने विजौरीमा आयोजित सभामा बोल्ने वत्ताहरुले वताएका छन् । माओवादी केन्द्र तुलसिपुर उपमहानरपालिका १८ ले आयोजना गरेको चुनावी सभामा बोल्ने वत्ताहरुले यस्तो वताएका हुन । माओवादीको एजेण्डामा आधारमा चुनाव जिति सकेको वताउँदै कुनै पनि तागतले माओवादीलाई स्थानिय तह निर्वाचनमा अनिवार्य जित्न आबस्यक रहेको वताएका थिए । त्यस अवसरमा बोल्दै माओवादी केन्द्र तुलसिपुर उपमहानगरपालिका मेयर पदका उम्मेदवार शेषुराम भण्डारीले काग्रेस एमाले चुनाव जिते पाएका अधिकार सबै गुम्ने खतरा भएको वताउनुभयो ।
एमालेले जनतालाई धोका दिदै आएको ताउँदै जनताको सबैभन्दा नजिको पार्टी माओवादी बाहेक अरु कुनै बन्न नसक्ने वताउनुभयो । विजौरी स्थित भोजपुर चोेकबाट मानपुर, जमुनी,हेमन्तापुर,बेलझुण्डी, दुधरास, बर्लेनी, अक्कासी, धरमपुर, सक्राम, कुटीचौर, बासगढी, हुदै विजौरी स्थित मानपुर चोकमा पुगेर समामा परिणत भएको थियो । सभालाई उपमेयर सिता ओली वृक्षा १८ वडा अध्यक्ष शेषमणी कवर, १७ अध्यक्ष मानसिङ विक, १९ अध्यक्ष भिम चौधरी लगाउतले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सञ्चान विष्णु चौधरीले गर्नु भएको थियो ।
![TopLine](https://thahaonline.com/wp-content/themes/saighali_khabar/img/thahaonline-logo.png)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।