अब दीपकको साथ दीपिकालाई



सैघाली खबर, ।– लामो समयदेखि अभिनेत्रीको खोजीमा रहेको ‘छक्का पञ्जा ३’ को टोलीले अन्ततः अभिनेत्री फाइनल गरेको छ । सिनेमा ‘ऐश्वर्य’मार्फत अभिनयमा डेब्यु गरेकी अभिनेत्री दीपिका प्रसाईँ सिनेमाका लागि फाइनल भएकी छिन् ।

मंगलबार मात्रै निर्माण पक्षसँग उनको सिनेमाका लागि आधिकारिक सम्झौता भएको छ । दीपिका फाइनल भएसँगै अब ‘छक्का पञ्जा ३’का सबै कलाकारहरु लगभग फाइनल भएका छन् ।सिनेमामा अर्की अभिनेत्रीको रुपमा प्रियंका कार्की नै रहने छिन् । सिनेमाका मुख्य अभिनेता रहने दीपकराज गिरीको जोडीको रुपमा प्रियंका र दीपिका मध्ये को प्रस्तुत हुने हो त्यो भने अहिले नै भन्न सकिँदैन ।

यसका अलावा सिनेमामा केदार घिमिरे, जितु नेपाल, निर शाह, अनुरागमान सिंह कुँवरलगायतका कलाकारको मुख्य भूमिका रहने भएको छ । सिनेमाका छायाँकार पुरुषोत्तम प्रधान छन् भने सिनेमामा अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहेको छ ।

यतिबेला गीतसंगीतको छनौट अन्तिम चरणमा छ । दर्जनौँ गीतहरु सुनेपछि दीपक शर्मा र अर्जुन पोखरेलको संगीतले ‘छक्का पञ्जा ३’ मा मौका पाउने भएको छ ।

दीपक–दीपाका लागि ‘छक्का पञ्जा ३’ ठूलो चुनौती
‘छक्का पञ्जा ३’ यसपटक दीपक दीपाको लागि चुनौतीले भरिएको छ । व्यवसायिक हिसाबले अघिल्ला रकेर्डहरु तोड्नु छ । विवाद कम गर्नु छ । चर्चा बढी पाउन जरुरी छ ।दीपाश्री निरौलाको तेस्रो निर्देशन रहने सिनेमा ‘छक्का पञ्जा ३’ दशैको फूलपातीको अवसर पारेर प्रदर्शनमा आउने छ । वैशाख १७ गतेदेखि फ्लोरमा जाने यस सिनेमाको छायांकन पोखरा, दमौली र इलाममा हुने भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्