आगलागी हुँदा ६० वर्षीय वृद्धकाे ज्यान गयो



सैघाली खबर,गुल्मी, १२ वैशाख। – धुर्कोट गाउँपालिका–३ हाडहाडे सोमरभोमरमा मंगलबार राति आगलागी हुँदा एक जनाको ज्यान गएको छ । आगलागीमा परेर ज्यान जानेमा ६० वर्षीय कृष्णबहादुर पुन रहेकोे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले बताउनु भयो ।

सोमबार राती ११ बजे घरको चुल्होवाट सल्किएको आगोले पुनको घर गोठ र अन्नपात पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीमा पुनको एउटा भैँसी पनि मरेको छ ।

सुस्त मनस्थीति भएका पुन घरमा एक्लै बस्दै आएका थिए । स्थानीयको सक्रियतामा राति नै आगो नियन्त्रणमा आएको नयाँगाउँ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक शिवनाथ यादवले जानकारी दिनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्