५० हजार घुससहित नेपालगन्जका अधिकृत कार्यकक्षबाटै प्रक्राउ



सैघाली खबर,
बाँके, १२ बैशाख । सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका फार्मेसी अधिकृत कार्यकक्षबाटै पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरबाट खटिएको टोलिले फार्मेसी अधिकृत तपेन्द्र भट्टराईलाई सेवाग्राहीबाट ५० हजार रुपैया घुस लिदालिदै रंगेहात नियन्त्रणमा लिएको जनाएको छ ।

मेडिकल स्टोर दर्ता प्रक्रिया सहज बनाइदिने भन्दै सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा फार्मेसी अधिकृत भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिइएको अख्तियार कोहलपुरका प्रमुख प्रहरी उपरिक्षक इश्वर कार्कीले जानकारी दिए । फार्मेसी अधिकृत भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रमुख प्रहरी उपरिक्षक कार्कीले बताए

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्