चितवनमा आएर के भने त प्रचण्डले



सैघाली खबर,
चितवन १२ बैशाख।– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनको विकासको लागि एकीकृत मोडेल आवश्यक रहेको बताएका छन्। प्रेस सेन्टर चितवनले भरतपुरमा आयोजना गरेको विकास र समृद्धि विषयक अन्र्तक्रियामा उनले नवलपुर, मकवानपुर, धादिङसँगको चितवनको सम्बन्ध हेरेर एकिकृत रुपमा मास्टर प्लान बनाउनुपर्ने बताए।

‘भारतसँगको सम्बन्धलाई, भु राजनीतिक स्थितीलाई ख्याल गरेर विकासको मोडेलको कुरा गर्नुपर्छ’ उनले भने, ‘त्यसका लागि केन्द्रमा, चितवन र वरिपरिका जिल्लामा छलफल गर्दैछौं।’ अन्र्तक्रियामा उनले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको केन्द्रीय कार्यालय र प्रदेश प्रहरीको मुख्य कार्यालय चितवनमा राख्ने निर्णय भैसकेको जानकारी दिए।

अन्र्तक्रियामा उनले चितवनको समग्र विकासका लागि आफू चिन्तित भएको दाबी गरे। ‘प्रत्येक पटक चितवन आउँदा एउटा न एउटा ठाउँ जाने गरेको छु’ उनले भने, ‘रिल्याक्स गर्न होइन,ति सबै ठाउँमा विकासको संभावना कति छ त भनेर हेर्न पुगेको छु।’ निर्वाचनपछि ३ पटक माडी पुगेको उनले बताए। जिल्लाको धेरै ठाउँको बारेमा अवलोकन र छलफलमा आफू सहभागी भएको उनको भनाइ थियो।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्