सूचना आयोगले सरकारलाई बुझायो वार्षिक प्रतिवेदन



सैघाली खबर,
बैशाख १२ काठमाण्डौ
राष्ट्रिय सूचना आयोगले वार्षिक प्रतिवेदन सरकारलाई बुझाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आयोगका पदाधिकारीहरूले बुधबार बिहान भेट गरी आफ्नो वार्षिक प्रतिवेदन बुझाएका हुन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर आयोगका पदाधिकारीहरूले बुझाएको वार्षिक प्रतिवेदनमा हालसम्म ४ हजार १ सय ४४ वटा आदेशहरू दिइएको उल्लेख गरिएको छ।

आयोगको आदेश अनुसार सबै विद्यालयहरूको पाठ्यक्रममा सूचनाको हकसम्बन्धी विषय समावेश गर्न सफल भइएको प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले प्रधानमन्त्री ओलीलाई सबै जिल्लामा शाखा स्थापना गरिए सूचनाको हकसम्बन्धी व्यवस्थालाई कार्यान्वयनमा लैजान पहल गरिएको पनि जानकारी दिए।

आयोगको प्रतिवेदनमा सूचनाको हक कार्यान्वयनका लागि समाजका सबै अंगहरूसँग आवश्यक छलफल गरिएको पनि उल्लेख गरिएको छ। त्यसैगरी हाल आयोगले शिक्षकहरूको सूचनाको हकसम्बन्धी व्यवस्थालाई कार्यान्वयनमा लैजाने योजना अघि सारेको छ।

प्रमुख सूचना आयुक्त बाँस्कोटाले सूचनाको हकलाई व्यवस्थित बनाउन सबै स्थानीय तहलाई पनि आदेश दिइएको प्रधानमन्त्री ओलीलाई जानकारी दिए। संवैधानिक व्यवस्था अनुसार आयोगले आफ्नो वार्षिक प्रतिवेदन सरकारलाई बुझाउनुपर्ने हुन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्