बाल संजालद्धारा ध्यानाकर्षण



दाङ असार ९ । निर्वाचन आचारसंहिता विपरित चुनाव प्रचार प्रसारमा बालवालिका प्रयोग गरिएको प्रति बाल सञ्जालले ध्याकर्षण गराएको छ । विद्यालय जाने उमेरका बालबालिकहरु स्कुल छुट्टी गरी झन्डा बोकाएर बजारका चोक चोकमा हुने कार्यक्रम सहभागि बनाएको भन्दै गम्भिर ध्याकर्षण भएको जनाएका हुन । निर्वाचन आचार संहितामा बाल बालबालिकाको  प्रयोग गर्न नपाइने कुरा स्पष्ट पारिएता पनि त्यसको कार्यान्वयन नभएको जिल्ला बाल कल्याण समितिको भनाइ छ ।स्थानिय तहको निर्वाचनमा  बालबालिकाहरुलाई चुनावी प्रचार प्रसारमा प्रयोग गर्न खोजिको भन्दै नगर बाल संजाल तुलसीपुर दाङले ध्यानार्कषण समेत गराएको छ । सुचना गर्दा नि अटेर गर्ने जो कोहि पार्टी वा समुहलाई कडा चेतावनी तथा कारबाही गरिने तुलसीपुर नगर बाल संजालका नगर अध्यक्ष कमल नेपाली बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्