१ बर्षमा पुरातात्विक सम्पदा पुनः निर्माणको काम सकिने पर्यटन मन्त्रीको भनाइ



सैघाली खबर
काठमाडौं,१२ बैशाख

पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले आउदो बर्ष भित्रमा भूकम्पबाट क्षति भएको पुरातात्विक सम्पदाको पुनः निर्माण गरिसक्ने बताउनुभएको छ । हनुमानढोका स्थित ‘भग्नावशेषबाट पुनरुत्थान’ प्रदर्शनी कक्ष शुभारम्भ गर्दै मन्त्री अधिकारीले भूकम्पपछि सम्पदाको पुनः निर्माणको लागि अब कार्ययोजना बनाई अघि बढनुपर्नेमा जोड दिनुभयो ।

भूकम्प गएको तिन बर्षमा पनि धरहरा र काष्ठमण्डप जस्ता ऐतिहासिक सम्पदाहरु बन्न नसक्नु दुःखद भएको उहाँले बताउनुभयो । अब स्थायी सरकार भएकाले पुनः निर्माणलाई तीव्रता दिइने र पुनः निर्माणमा प्रतिपक्षलाई पनि सँगै लिएर जाने उहाँ बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्