सुरक्षाका हिसाबले २ नम्बर प्रदेश संवेदनशिल



सैघाली खबर
काठमाडौं,१२ बैशाख

गृहमन्त्री रामबहादुर थापाले सुरक्षाका हिसाबले २ नम्बर प्रदेश संवेदनशील रहेको बताउनुभएको छ । अरु प्रदेश भन्दा २ नम्बर प्रदेश सुरक्षाका हिसाबले संवेदनशिल रहेकाले त्यसै अनुसार सुरक्षा रणनीति बनाएर अघि बढ्ने पनि उहाँले बताउनुभयो । २ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आज बाराको सिमरामा उद्घाटन गर्दै गृहमन्त्री थापाले अरु प्रदेशको तुलनामा २ नम्बर प्रदेशको सुरक्षा अवस्था चुनौतीपूर्ण रहेकाले गम्भीरताका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।

खुला सिमाना, अपराध, तस्करी, सामाजिक हिंसा, भ्रष्टाचार, प्राकृतिक विपद्जस्ता समस्या २ नम्बर प्रदेशमा बढी देखिएको भन्दै उहाँले सुरक्षा गोष्ठीको सुरुआत पनि यसै प्रदेशबाट गरिएको धारणा राख्नुभयो । गोष्ठीले २ नम्बर प्रदेशको अपराध नियन्त्रण, जनताको सुरक्षा र सेवाको विषयमा कार्ययोजनासहितको निष्कर्ष निकाल्ने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्