केन्द्रीय सचिबमा दाङका चौधरी



सैघाली खबर
दाङ,१२ बैशाख

अखिल क्रान्तिकारीको केन्द्रीय सचिबमा दाङका बिष्णु चौधरीलाई मनोनित गरिएको छ । माओवादी केन्द्र निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीको मंगलबार बसेको केन्द्रीय समितिको बैठकले स्वायंसेवक केन्द्रीय सचिबमा चौधरीलाई मनोनित गरेको हो । चौधरीले १७ बर्ष देखि बिद्यार्थी आन्दोलनको अगुवा गर्दै आएका छन् ।

तुलसीपुर १८ निबासी चौधरीले क्रान्तिकारीको पूर्ब केन्द्रीय सचिबालय सदस्य, पूर्ब दाङ जिल्ला अध्यक्ष, नेपाल संस्कृत बिश्वबिद्यालयको स्ववियू कार्यबहाक सभापतिको जिम्मेवारी निर्बाह गरिसकेका छन् । साथै उनी उद्योग बाणिज्य संघ बिजौरीको पूर्ब बाणिज्य उपाध्यक्ष हुन् । उनले शिक्षा भित्रको बिकृति अन्त्य गर्न पहल थाल्ने बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्