मुख्य समाचार

मृगौला पीडितका लागि २८ हजार सहयोग संकलन

By थाहा अनलाइन

April 25, 2018

सैघाली खबर दाङ,१२ बैशाख

तुलसीपुर १९ बिजौरीका मृगौला पीडित श्रीराम चौधरीको उपचारका लागि २८ हजार सहयोग संकलन भएको छ । बिष्णु चौधरीको पहलमा तुलसीपुर १८ बिजौरीमा रहेको श्री असहाय बाल बिकास नेपाल दाङले चौाधरीको उपचारमा सहयोग होस भनी सहयोग संकलन थालेको हो । बुधबार मात्रै २८ हजार १० रुपैयाँ सहयोग संकलन भएको असहाय बाल बिकास नेपाल दाङका कोषाध्यक्ष सीमा वलीले जानकारी दिईन् ।

उनका अनुसार रोट्रयाक्ट क्लब तुलसीपुरले पाँच हजार, तुलसीपुर उद्योग बाणिज्य संघका पूर्बअध्यक्ष बिमल रिजालले पाँच हजार,तुलसीपुर निबासी रोशन श्रेष्ठ र राजिब श्रेष्ठले पाँच हजार, कबिन रजौरे र सुगम बुढाथोकीले पाँच हजार पाँच, पब्लिक ज्ञान ज्योती तुलसीपुरका प्रिन्सीपल सुरेन्द्र जिसीले तीन हजार, तुलसीपुरका ब्यबसायी गोरख वलीले दुई हजार, रामलाल चौधरी र पर्सुराम चौधरीले एक÷एक हजार, तुलसीपुरको डाँगी स्टेशनरीले एक हजार पाँच रकम मृगौला पीडितका लागि सहयोग गरेका छन् ।

सहयोग संकलन हुने क्रम जारी रहेको कोषाध्यक्ष वलीले बताईन् । आर्थिक अभाबकै कारण उपचार रोकिएपछि सहयोग संकलन गर्न थालिएको हो । पैसा कमाउन भनी २ बर्ष अघि साउदी गएका चौधरीको दुईवटै मृगौलाले काम गर्न छोडेपछि घर फर्किएका थिए । अहिले घर परिवारलाई बिदेश जान लागेको ऋणसंगै उनको उपचारमा लागेको रकम तिर्न धौधौ परेको उनकी श्रीमती गीता चौधरीले बताईन् ।

उनको उपचारमा सहयोगका लागि लागि श्री असहाय बाल बिकास नेपाल दाङको राष्ट्रिय बाणिज्य बैंकमा रहेको खाता नंबर ४१६०००३६७९०१ मा आर्थिक सहयोग गर्न सकिने छ । साथै संस्थाका कोषाध्यक्ष सीमा वलीको फोन नंबर ९८०९५८८५७१ सकिने छ । आर्थिक अभाबमा मृगौला पीडित श्रीराम चौधरीको उपचार अगाडि बढ्न नसकेको भन्दै सहयोग संकलन अभियान थालेको अध्यक्ष बिष्णु चौधरीले बताए ।