प्रदेश ५

शैक्षिक सुधारका लागि ध्यानाकर्षण

By थाहा अनलाइन

April 25, 2018

सैघाली खबर दाङ,१२ बैशाख

दाङको दुई गाउँपालिकाका प्रमुखहरुलाई बालिकाहरुको शिक्षा अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण गराईएको छ । शिक्षामा बालबालिकाको सहज पहुँचका साथै शैक्षिक गुणस्तर बृद्धि गर्न दंगीशरण र शान्तिनगर गाउँपालिकामा ध्यानाकर्षण गराईएको छ । समाजमा वातावरणीय शिक्षाको विकास ( सीड) तुलसीपुरले दंगीशरण गाउँपालिकाका प्रमुख भागिराम चौधरी र शान्तिनगर गाउँपालिकाका प्रमुख भागिराम चौधरीलाई ध्यानाकर्षण गरेको हो ।

सीडका कार्यक्रम अधिकृत निर्मला महतारा सहित सीडले गठन गरेको गुणस्तरिय शिक्षा निगरानी समुह, रिफ्लेक्ट समुहका अगुवाहरु, साबिक गाबिस स्तरीय बालक्लबहरुको सञ्जाल, वडास्तरीय महिला अधिकार मञ्च दाङ , वडास्तरीय अपाङहरुको सञ्जाललगायतको टोली पुगेर ध्यानाकर्षण गराएको हो । ध्यानाकर्षण पत्रमा शैक्षिक सुधारका लागि स्थानीय सरकार शिक्षा सञ्चालन ऐनमा समाबेश गर्ने बिभिन्न २० बुदामा ध्यानाकर्षण गराईएको हो ।

बिहिबार दंगीशरण गाउँपालिकाका अध्यक्षलाई ध्यानाकर्षण गराईएको हो, भने बुधबार शान्तिनगर गाउँपालिकाका अध्यक्षलाई ध्यानाकर्षण गराईएको हो । त्यस अबशरमा दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले शैक्षिक गुणस्तर बृद्धिका लागि यी बुद्धालाई हेरफेर गरेर शिक्षा ऐनमा समावेश गर्ने बताए । यसैबीच सीडकै आयोजनामा बिहिबार शान्तिनगर गाउँपालिका ६ गिधनियाँमा किशोरी शिक्षा जीवन उपयोगी सिप कार्यक्रम भएको छ । पछिल्लो समय भईरहेको बालविबाह न्यूनिकरण गर्न उक्त कार्यक्रमको आयोजना गरिएको हो । त्यस अबसरमा बालबिबहाले स्वास्थ्यमा पोर्न असरलगायतका बिषयमा जानकारी गराईएको थियो ।