तुलसीपुर उपमहानगरपालिका द्धारा शिक्षा कार्यविधी पारित



सैघाली खबर
दाङ , १२ वैशाख । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्षको अन्तमा विभिन्न कार्यविधि निर्माण गरेर धमाधम पारित गरिरहेको छ । कार्यपालिकाको बुधवार वसेको २७ औ बैठकले विभिन्न कार्यविधिहरु पारित गरेको प्रवक्ता श्याम डाँगीले जानकारी दिनुभयो ।

नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा वसेको वैठकले विद्यालय खोल्ने,स्विकृति, थप कक्षा , गाभ्ने र शैक्षिक अनुमति सम्बन्धि कार्यविधि पारित गरेको हो । कार्यविधि अनुसार यसै शैक्षिक सत्रबाट नयाँ कक्षा थप गर्न चाहने विद्यालयहरुलाई एउटा कक्षा थप गर्न अनुमति दिइने भएको छ । यसका साथै कार्यविधिले नयाँ विद्यालय स्थापना गर्न चाहनेहरुका लागि वस्तुगत अध्ययन गरेर सञ्चालन अनुमति दिने कुरामा जोड दिएको छ ।

कार्यविधिका अनुसार आधारभूत विद्यालयको हकमा शैक्षिकसत्र सुरु हुनुभन्दा दुई महिना अगावै र माध्यमिक विद्यालयको हकमा शैक्षिक सत्र सुरु हुनु भन्दा कम्तीमा तीन महिना अगावै आफ्नो राय सहितको प्रतिवेदन शाखा प्रमुखले शिक्षा समितिको वैठकमा पेश गर्नुपर्ने उल्लेख गरिएको छ ।

 

यसका साथै विद्यालयहरुले नेपाल सरकारले स्विकृत गरेको पाठ्यक्रम मात्रै पढाउनु पनर्,े राष्ट्रियता प्रति आँच आउने पाठ्यसामग्री भएको पाठ्यपुस्तक अध्यापन गर्न, गराउन नहुने, विद्यालयमा वालमैत्री, अपाङ्खतामैत्री तथा लैङ्खिकमैत्री वातावरण सृजना गर्नुपर्ने लगायतका प्रावधानहरु पनि राखिएको छ । कार्यविधिले तुलसीपुर उपमहानगरपालिका भित्र सञ्चालित कुनै पनि विद्यालयले अनुमति पाएको भन्दा माथिल्लो कक्षा सञ्चालन भएको पाइएमा प्रत्येक कक्षाको रु १०,००० का दरले जरिवाना गर्ने र अनुमति विना सञ्चालन भएका कक्षाहरु पनि वन्द गर्ने उल्लेख गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्