छोरीहरु ‘आफन्त’ बाटै खतरा



गणेश वली
दाङ,१३ बैशाख । जघन्य अपराधको रुपमा रहेको वलात्कारका घटनाहरु जिल्लामा बढ्दै गएका छन् । त्यसमा पनि धेरै जसो छोरीहरु आफन्त, छिमेकी र चिनेजानेका मान्छेहरुवाटै वलत्कार हुने गरेको पाइएको छ । इन्सेक प्रतिनिधी जेएन सागरका अनुसार पछिल्लो तिन महिनामा मात्रै १५ वटा बलत्कारका घटना सार्वजनिक भएका छन् ।

बाहिर नआएका, गाउँघरमा नै मिलापत्र गराएका र विभिन्न डरधम्की र प्रलोभनमा परि गुपचुप रहेका यस्ता घटनाहरु अझै हुन सक्ने उनको अनुमान छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पछिल्ला तीन वर्षमा जिल्लामा ८९ वटा कर णीका मुद्दा दर्ता भएका छन् भने यस्ता घटना झनपछि झन बढ्दो क्रममा रहेको प्रहरीको तथ्याङ्कले पनि पुष्टि गर्दछ । दाङ देउखुरी जिल्ला अदालतमा आर्थिक वर्ष २०६९/७० देखि २०७२/७३ सम्ममा १ सय १८ ओटा मुद्दा दर्ता भएका छन् ।

 

आफन्त र छिमेकीवाटै खतरा विभिन्न स्थानमा भएका वलत्कारका घटना हेर्दा धेरैजसो आफन्त, छिमेकी र नातागोतावाटै महिला तथा वालवालिकाहरु बलत्कृत हुने गरेको पाइएको छ । ‘वलत्कार का घटनाको प्रकृति हेर्दा धेरै जसो चिनेजानेका, नातागाोता र आफन्तवाटै हुने गरेको पाइएको छ यो दुखद हो, सागरले भने, ‘यसले हाम्रो समााज कता गइर हेकोा छ ? भन्ने देखाउँछ ।’

आपराधीहरुले आफन्तहरुलाई नै तारो बनाउन थालेपछि छोर ीचेलीको अवस्था झन खतरामा रहेको देखाउँछ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पनि अधिकांश बलात्कारका घटना परिचित व्यक्तिबाट हुने गरेका छन् । आर्थिक वर्ष ०६९÷०७० मा छिमेकीबाट १, अपरिचित व्यक्तिबाट ३, परिचितबाट ७ र साथीबाट ४ गरी जम्मा १५ वटा जवरजस्ती करणीका घटना भएका थिए ।

 

त्यसैगरी आर्थिक वर्ष ०७०÷०७१ मा छिमेकीबाट २, अपरिचित ४, परिचितबाट १२ र साथीबाट ४ गरी जम्मा २२ वटा करणी भएका थिए । त्यसैगरी आर्थिक वर्ष ०७१÷०७२ मा छिमेकीबाट २ अपरिचित व्यक्तिबाट ३, परि चित १३, साथीबाट ६ र भाइबाट १ गरी जम्मा २५ वटा करणी भएका छन् । यसरी नै पछिल्ला दुई वर्षमा भएका बलत्कारका घटना पनि छिमेकी, चिनजान र आफन्तवाटै धेरै भएको पाइएको छ । कतै सामुहिक बलात्कारा कतै वालवालिका शिकार गएको एक वर्षमा मात्रै ५ ओटा सामुहिक बलत्कारका घटना भएका थिए भने पछिल्ले एक महिनामा मात्रै ५ जना वालिका बलत्कारको शिकार भएको तथ्याङ्क बाहिर सार्वजनिक भएको छ ।

यसैगरी कति वालिकाहरु छिमेकी तथा साथि वालकवाट पनि वलतकृत हुने गरेको पाइएको छ । समाजमा राम्रो शिक्षा र सुरक्षा नदिने हो भने सवैका वालवालिका जोखिममा रहेको इन्सेक प्रतिनिधी जेएनले वताए । उमेर नपुगेका वालकहरुले वलत्कार गरेको घटनामा मुद्दा नलाग्ने, कतिपय मुद्धा वालविज्याइको रुपमा मिलापत्र हुने र कति आफन्तले नै गुपचुप रख्ने गरेको पनि पाइएको छ । अभियुक्त नाबालकलाई कार ावासको सजाय कानुनी रुपमा बन्देज रहेकाले बाल सुधार गृहमा राख्ने गरिन्छ । वलत्कारका मुद्दा सरकार वादी हुन्छ वलत्कार जन्य घटना सर कारवादी मुद्दा रहेकाले प्रहरीको अनुसन्धान र प्रमाण पेशका आधारमा मुद्दा प्रक्रिया अघि वढ्ने गर्दछ ।

यसो गर्दा पीडितका लागि राहत भए पनिकतिपय अवस्थामा मुद्दा फितलो बनाउने गरिएको पनि पीडितहरुको गुनासो छ । पूरा प्रमाण पेश नगरिदिने, पेश भएका प्रमाण हराएर जेल सजाय कम बनाउने प्रयास पनि हुने गरेको उनीहरुले बताए । प्रहरीले बलत्कार भए नभएको एकीन प्रमाण सहित ७० दिन सम्ममा अदालतमा घटनाको विस्तृत वुझन पाउने व्यावस्था रहेको छ ।

 

वलत्कार गरे नगरेको भए नभएको भनि प्रमाण जुटाउन ढिला हुने, सो अवधिमा अभियुक्त फरार हुने, पीडितलाई पीडक, अफन्त, गाउँका भद्रभलादमी लगाएतका विभिन्न व्यक्तिवाट आश्वशन तथा धम्की आउने, मुद्दा दर्ता गर्न रोक लगाउने, वयान परि वर्तन गर्न लगाउने लगाएतका समस्याले पीडित झन पिडित हुदै गएको र पीडितले समयमा नै न्याय पाउन नसकेको पनि सर ोकारवालाहरु बताउँछन् । यस्का कारणले पीडित हतोत्साहित हुने र पीडकलाई झन अपराध गर्न प्रोत्साहित हुने गरेको पाइएको छ कतिपय घटनाहरु यौन सम्पर्क गर्दा मिलेमतोमा नै गरे पनि विभिन्न कारणले कुरा नमिल पछि बलत्कार भयो भन्दै प्रहरी, गाउँ समाजमा आउने गरेको पनि पाइएको छ ।

 

आर्थिक लेनदेन, घरायसी झगडाका कारण, पोल खुलेमा, कशैले भेटाएमा सहमतिमा भएका यौनसम्पर्क पनि बलत्कार भनेर बाहिर आउने गरेको सरोकार वालाहरुको अनुभव छ । प्रहरी तथा सम्बन्धित निकाय यस्मा कानूनी रुपमा नै महिलालाई बलियो बनाइएकाले यस्ता घटनाका बारेमा कोही बोल्न नमिल्ने बताउँछन् । वालवालिका र बृद्ध बलत्कृत हुने कारण अपराध नै हो तर कतिपय युवा अवस्थाका भनिएका घाटनाहरु बुझदै जाँदा सहमतिमा भएको र विभिन्न कारणले कुरा नमिले जवरजस्ति करणीमा मुद्दा दर्ता गरेको पाइएको पनि उनीहरु बताउँछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्