‘दाङमा आयातित र उत्पादित सिमेन्टको मुल्य उस्तै–उस्तै ’



गिरिराज नेपाली
दाङ , १३ वैशाख । बढ्दो औद्योगिककरणको विकास संगै दाङमा धमाधम सिमेन्ट उद्योगहरु खुलेका छन । सिमेन्ट उद्योगको विकासको सम्भावना दाङमा राम्रै रहेकाले उद्योग विकासको दर बढ्दै गएको छ । दाङमा अहिले तीन वटा सिमेन्ट उद्योगहरुले उत्पादनको विक्रि वितरण शुरु गरेका छन । तीनवटै उद्योगहरुले एकैसाथ विक्रिवितरण शुरु गर्दा दाङमा पर्याप्त सिमेन्ट उपलव्धता रहे पनि मुल्यमा भने खासै फरक आउन सकेको छैन । जसका कारण दाङवासीले दाङमै उत्पादित सिमेन्ट लाई आयातित सिमेन्ट सरह नै मुल्य तिर्नुपर्ने वाध्य रहेको छ ।

घोराही उपमहानगरपालिका – ६ का कृजल खनालले गाउँघरमै उद्योगहरु भए पनि उद्योगले कुनै फाईदा र सहुलियत दिन नसकेकोको बताउनुभयो । सिमेन्ट उद्योगको प्रदुषण र उत्खननले दाङ दुषित र दोहोन बराबर परेको उहाले बताउनुभयो । तर त्यसको क्षतिपूर्ति उद्योगले केही दाङवासीले कुनै राहात नपाएको उहाँको भनाई छ । दाङभित्रै अझै भन्ने हो भने ढोकाका छेउछेउमा उद्योगहरु छन । तर बुटवल भैरवा सरह लिन्छन । उद्योग भएको के फाइदा , दुषित र दोहोन मात्रै हो ? उहाँले प्रश्न गर्नुभयो ।

उद्योगहरुले दाङमा वढि मुल्यमा बिक्रि वितरण गरी वाहिर सस्तो मुल्यमा विक्रि गर्ने गरेको समेत बताउनुभयो । दाङमा तीन उद्योगको उत्पादनले वाहिरी सिमेन्ट आयात घट्दै गइरहे पछि मनपरी रुपमा मुल्य निर्धारण रहेको समेत उहाँको भनाई छ । घोराही , तुलसीपुर र लमहीमा एक÷एक वटा उद्योगहरुले उत्पादन गरीरहेका छन । तर मुल्य आ–आफ्नै तरिकाले तोकेका छन । सगरमाथा र सोना सिमेन्ट दुरीका हिसाव नजिक रहे पनि दुई देखि पाँच रुपैयाँ सम्म मुल्य फरक छ । यसरी दाङवासीले कसरी पाउन सक्छौ सर्वसुलभता ?

लुम्विनी वाट दाङमा भित्रने गोरखा सिमेन्ट प्रति बोरा सात सय ५० रुपैयाँ मुल्य पर्छ भने , दाङमा उत्पादन भइरहेका सोना सिमेन्ट , सगरमाथा र गजराज सिमेन्ट प्रतिबोरा सात ४० रुपैयाँ हालको बजार मुल्य रहेको छ । भने दाङवाट वाहिरी जिल्लाका दाङमा उद्योगहरुले प्रतिबोरा ६ सय ९५ सम्म विक्रि वितरण गरेको व्यापारीहरुको भनाई छ । घोराहीका एक सिमेन्ट व्यापारी नाम नखुलाउने शर्तमा ढुवानी सेवा भन्दै बुटवल, नेपालगंज , बर्दिया सम्ममा छ सय ९५ रुपैयाँमा माल निकासा गरीरहेको जानकारी दिनुभयो । उहाँका अनुसार त्यही सिमेन्ट दाङमै ७ सय २५ ÷३० रुपैयाँमा विक्रि गर्ने गरेको उहाँको भनाई छ । जसका कारण दङ्गाली उपभोक्ता र व्यापारीहरु मारमा परेको उहाँको भनाई छ । उद्योगले नै नाफा नराखेर बेच्दा उपभोक्ताहरु मंहगो मुल्यमा पर्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘ दाङमा उत्पादित सिमेन्ट दाङमा कम्तिमा पनि २०÷२५ रुपैयाँ सस्तो पर्नुपर्ने हो । तर दाङका व्यापारी र उपभोक्ताहरुले आयातित सिमेन्ट बराबरको मुल्य तिर्नुपरीरहेको छ । ’

त्यस्तै निर्माण व्यावसायी कृष्ण जिएमले दाङमा सिमेन्ट उद्योगहरु खुले पनि उत्पादन भए पनि दाङवासीहरु लाई कुनै सहुलियत नभएको बताउनुभयो । आयातित सिमेन्ट र उत्पादित सिमेन्ट विचको गुणस्तरका समान रहे छ । त्यसमा फरक केही छैन । तर मुल्य पनि समान हुदा दाङवासी उद्योगवाट खेप्नु परेको पीडा र उद्योगका लागि दिएको लगानी प्रतिफल केही पाउन नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘ बाहिरी सिमेन्ट सरह पैसा तिर्नुपर्छ भने के फाइदा भयो र ? उद्योग खोल्नुमा । ’ दिनैपिच्छे हजारौ हजारौ बोरा सिमेन्ट दाङमा मात्रै खपत हुन्छ । तर पैसा उही छ कसरी उद्योगले फाइदा पु¥यायो भन्ने उहाँको भनाई छ ।

तीन उद्योगहरुको एकाधिकारले पनि उपभोक्ताहरु सहुलियत पाउन नसकेको उहाँले बताउनुभयो । केही समय देखि बाहिरी सिमेन्ट विस्तार विस्थापित भइरहेकाले वाध्यतावंश यिनै सिमेन्ट भने जतिकै मुल्य तिर्नुपरीरहेका उहाँको भनाई छ । स्थानीय उत्पादन प्रोत्साहन गर्ने गरी दाङवासीले स्थानीय उत्पादनको प्रयोग गरे पनि त्यसको फाइदा उद्योगहरुले उठाइरहेका उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘ आयातित सिमेन्ट भन्दा उत्पादित सिमेन्ट २० रुपैयाँ कमि हुनुपर्छ । ’ तव मात्रै दाङको उत्पादन र उद्योगको फाइदा दाङवासीले अनुभूती गर्न सक्ने उहाँको भनाई छ । हाल बजारमा सोना र गजराज सिमेन्ट सात सय ३५ र सगरमाथा सात सय ४० रुपैयाँम विक्रि वितरण भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्