मोहनापुल–अत्तरिया छ लेन सडक ‘भत्काउन अटेरी गर्ने घरमा डोजर लगाइयो’



सैघाली खबर
धनगढी , १३ वैशाख ।  निर्माणाधीन मोहनापुल–अत्तरिया छ लेन सडक सीमामा परेका घर भत्काउन डोजर लगाइएको छ। बारम्बार सडक सिमामा परेका घर भत्काउन सूचना जारी गर्दा पनि ५ प्रतिशत घरधनीले अटेरी गरेपनि डोजर लगाइएको आयोजना प्रमुख मनिष शाहले बताए।

सडक सीमाभित्र पर्ने करिब ९५ प्रतिशत घर धनीले घर भत्काइसकेका छन् भने करिव ५ प्रतिशत अर्थात ४५ घर भत्काइएका छैनन्। घर भत्काउन धनगढी उपमहानगरपालिकाले पनि छ लेन सडक कार्यालयलाई सहयोग गरिरहेको छ ।

धनगढी उपमहानगरपालिकालाई घर धनीहरुले कामदार अभावमा संरचना भत्काउन ढिलाइ भएको भन्दै केही दिनको समय दिन आग्रह गरेका थिए ।तर, धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले कुनै पनि हालतमा अव घर भत्काउने कार्य नरोकिने बताए ।

सडकको सीमा नछुटिँदा प्रदेशको सम्बृदिसँग जोडिएको छ लेन सडक निर्माणमा ढिलाई भइरहेको थियो। डोजर लगाएर घर भत्काइएपछि उक्त आयोजनाले अपेक्षा लिने अपेक्षा गरिएको छ । यसअघि पनि घर भत्काउन अटेरी गर्नेहरुले मुआब्जा पाउनुपर्ने माग गर्दै सर्वोच्चमा मुद्दा दायर गरेपनि उक्त मुद्दा खारेज भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्