६८ वर्षीय बृद्धबाट २८ महिने बालिका बलात्कृत



सैघाली खबर,

पर्वत । मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेमा ६८ वर्षीय बृद्धबाट २८ महिने बालिकाको बलात्कार भएको छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङमा परेको उजुरी अनुसार ६८ वर्षीय लालप्रसाद शेरचनले नाबालिकालाई बलात्कार गरेका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । प्रहरीमा परेको उजुरी अनुसार बालिकाको घरमा गइरहने शेरचनले गएको शनिवार बालिकाको बुबा र आमा घरमा नभएको मौका छोपी बालिकालाई जबरजस्ती करणी गरेका हुन् ।

बालिकाकी आमाका अनुसार आफू घरबाहिर दाउरा चिर्दै गर्दा शेरचनले बालिकालाई काखमा खेलाइरहेको थिए । एक्कासी बालिका रोएको आवाज सुनेर घरभित्र पस्दा शेरचनले करणी गर्दै गरेको दृष्य देखेको । लगत्तै शेरचन त्यहाँबाट भागेको उनले बताइन् ।

शेरचनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्