तुलसीपुरमा चित्रकला पर्दशनी हुने



सैघाली खबर,
तुलसीपुर १३ बैशाख ।

तुलसीपुरमा एकल चित्रकला पर्दशनी हुने भएको छ । राप्ती समाचार राष्ट्रिय दैनिक तुलसीपुरको आयोजनामा एक पर्दशनी हुने भएको हो । तुलसीपुर ११ नवलपुर निबासी लेखराज गिरीले निर्माण गरेका चित्रकलाहरु पर्दशनी गरिने भएको हो । गिरीले निर्माण गरेका दृष्य चित्र, ड्रेस पेन्टिङ, स्केज, चारकोटललगायतका४८ प्रकारका पेन्टिङको चित्रकला पर्दशन गरिने छ । दाङमा पनि हातले चित्र निर्माण गर्ने कला भएपनि प्रचारप्रसारको अभाबका गुम्सिएर रहेका भन्दै त्यस्ता प्रतिभालाई बाहिर ल्याउन कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । पर्दशनी बैशाख १४ देखी १८ गते सम्म चल्ने छ । उक्त कार्यक्रमलाई तुलसीपुर उपहानगरपालिकाले सहयोग गर्ने भएको छ । गिरीले फाईन आर्ट गर्दै आएका छन् ।

 

((

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्