‘बलात्कार’ मा विश्व कानुन र सजाय : जरिवाना, कैददेखि मृत्युदण्डसम्म



सैघाली खबर
बैशाख १३ । नेपालमा दैनिकजसो बलात्कारका समाचार आइरहेका छन्। बलात्कार आफैंमा निकृष्ट कार्य हो नै, सञ्चारमाध्यममा आएका कतिपय घटना त अत्यन्त दर्दनाक र विभत्स प्रकृतिका देखिन्छन्। अढाइ वर्षकी अवोध बालिकादेखि ७५ वर्षीया वृद्धासम्मको बलात्कार भएको घटना सार्वजनिक भइरहेका छन्।

नेपालमा फितलो कानुनका कारण अपराधीले कम सजाय पाउने, सजायविनै उम्किने कारण बलात्कारका घटना वृद्धि भइरहेका आवाज उठिरहेको छ।बलात्कारीलाई मृत्युदण्डसम्मको सजाय दिनुपर्छ भन्ने माग पनि सुनिन थालेको छ। दुई कलिला बालिकामाथि भएको यौनशोषणको विषयमा अहिले भारतका विभिन्न क्षेत्रमा आन्दोलन जारी छ। अधिकारकर्मीका साथै नागरिक स्वतन्त्र रूपले सडकमा उत्रिएर बलात्कारीलाई फाँसी दिन माग गरिरहेका छन्। बलात्कारीलाई कलिला बालिकामाथि हुने यौनशोषणलाई गम्भीर अपराध मानिन्छ। कतिपय देशले बालिकामाथि हुने यौन शोषणलाई बलात्कारभन्दा पनि जघन्य अपराध मान्छन्।

संसारभर बलात्कारको मुद्दामा अलगअलग सजायको व्यवस्था छ। बलात्कारको सन्दर्भमा संसारमा दुई प्रकारका कानुन रहेको नेसनल ल युनिभर्सिटी दिल्लीमा अनुसन्धान गरिरहेका ुरिसर्च एसोसिएटु नीतिका विश्वनाथ बताउँछिन्। फाँसी सजायको प्रावधान भएको तर बालिकामाथि हुने बलात्कारमा फाँसी नहुने र कुनै पनि अपराधमा फाँसीको सजाय दिने प्रावधान भएका दुई प्रावधान विश्वमा चलेको उनको अध्ययनले देखाउँछ। अपराधीलाई मृत्युदण्डको सजाय दिने देशलाई ुरिटेसनिस्टु देश भनिने नीतिका बताउँछिन् । उनका अनुसार यस्ता कैयौँ रिटेसनिस्ट देश छन्, जहाँ बालिकामाथि यौन उत्पीडन हुँदा मृत्युदण्डको सजाय दिइँदैन तर कडाभन्दा कडा सजाय हुने कानुनी व्यवस्था हुन्छ।

सन् २०१६ मा बालिकामाथि हुने बलात्कारका घटना विश्वभरका देशले बलात्कारीलाई दिने सजायका विषयमा हक ुसेन्टर फर चाइल्ड राइटुले एउटा रिपोर्ट तयार पारेको थियो। उक्त रिपोर्टले बलात्कारको घटनामा प्रत्येक देशमा फरक फरक सजाय दिने देखाउँछ। नेपाल नेपालमा १० वर्षभन्दा मुनिका बालिकालाई बलात्कार गरे १० देखि १५ वर्षसम्म कैद, १४ वर्षदेखि १६ वर्षसम्मका बालिका वा किशोरीलाई बलात्कार गरे आठदेखि १२ वर्षसम्म कैद, १६ देखि २० वर्षसम्मको युवतीलाई बलात्कार गरे पाँचदेखि आठ वर्षसम्म कैद र २० वर्षदेखि माथिका महिलाहरूलाई बलात्कार गरेमा पाँचदेखि सात वर्षसम्म कैद सजायको व्यवस्था गरिएको छ ।

भारत भारतमा ‘रियरेस्ट अफ द रियर’को घटनामा फाँसीको सजाय सुनाइन्छ। बालिकामाथि हुने बलात्कारमा ‘पोक्सो एक्ट’अनुसार मुद्दा दायर हुन्छ। यो कानुनमा बालिकालाई बलात्कार गर्ने बलात्कारीलाई १० वर्षदेखि आजीवन कारवासको सजायको प्रवाधान छ। मलेसिया यहाँ बालबालिकामाथि हुने यौन हिंसाका अपराधीलाई ३० वर्ष जेल र कोर्रा लगाउने सजायको प्रावधान छ। सिंगापुर सिंगापुरमा १४ वर्षीया बालिकालाई बलात्कार गर्ने व्यक्तिलाई २० वर्षको जेल, कोर्रा लगाउने र जरिवाना तिराउने सजाय छ। अमेरिका अमेरिकामा पहिला बालिकामाथि हुने यौन हिंसामा मृत्युदण्ड हुने कानुनी प्रावधान थियो। तर, क्यानेडी बनाम लुइसियाना घटनामा मृत्युदण्डको सजायलाई असंवैधानिक घोषणा गरियो। अहिले अमेरिकामा मृत्युदण्डको व्यवस्था छैन।

यद्यपि बालिकामाथि हुने यौनहिंसामा अपराधीलाई दिने सजाय राज्यअनुसार फरक फरक छन्। फिलिपिन्स सबैभन्दा कडा कानुन भएको देश हो फिलिपिन्स। बालिकामाथि यौन शोषण भएको प्रमाणित भएमा ४० वर्षसम्मको जेल सजाय हुन्छ। अस्ट्रेलिया यहाँ बालिकालाई बलात्कार गर्ने बलात्कारीलाई कम्तीमा १५ वर्षदेखि बढीमा २५ वर्षसम्मको जेल सजाय हुने कानुनी व्यवस्था छ। क्यानडा क्यानडामा बालयौनशोषण गर्नेलाई १४ वर्षको जेल सजाय हुन सक्छ।

इंग्ल्याण्ड बालिकामाथि बलात्कार गरेको प्रमाणित भएमा छ वर्षदेखि १९ वर्षसम्म जेल अथवा आजीवन कारावास हुनसक्छ। जर्मन बलात्कारपछि बालिकाको मृत्यु भएको खण्डमा आजीवन कारावास सजाय हुन्छ। बलात्कारका लागि मात्रै १० वर्षसम्मको सजाय हुने कानुनी प्रवाधान छ। दक्षिण अफ्रिका बालिकालाई बलात्कार गरेको दोषी पाइएमा पहिलो पटक १५ वर्ष, दोस्रो पटक २० वर्ष र तेस्रो पटक २५ वर्षसम्म कैद हुने व्यवस्था छ। एमनेस्टी इन्टरनेसनलको २०१३ को रिपोर्टअनुसार आठ देशमा बालबालिकाविरुद्धकाअपराधीहरूलाई मृत्युदण्डको सजाय दिने कानुनी प्रावधान छ। चीन, नाइजेरिया, कंगो, पाकिस्तान, इरान, साउदी अरब, यमन र सुडानले बालबालिकाविरुद्धका अपराधीलाई मृत्युदण्ड दिने गरका छन्।thahakhabar

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्